काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको एक दिने भ्रमण सम्पन्न गरी आज राति स्वदेश फर्किएका छन् । इन्डिया फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा भाग लिन भारतको नयाँदिल्ली आजै प्रस्थान गरेका अध्यक्ष प्रचण्डले प्रमुख अतिथिका रूपमा पार्टीको अवधारणा प्रस्तुत गरेका थिए ।उनले नेपाल–भारतबीचको सम्बन्धका बारेमा मन्तव्य दिएको नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी […]
समाचार
भर्ना छनोटमा अनियमितता गर्नेमाथि कोर्ट मार्शल गरिँदै
–नारायण न्यौपाने काठमाडौँ । नेपाली सेनाले २०७४ सालको सैन्य भर्नामा अनियमिता गरेको अभियोगमा सेनानीसहित करीब १८० माथि कोर्ट मार्शल गर्ने भएको छ । सहायकरथी सीताराम खड्काको अध्यक्षतामा गठित छानबिन समिति (कोट अफ इनक्याइरी) ले दिएको प्रतिवेदनका आधारमा जङ्गी अड्डाले उनीहरुमाथि कोर्ट मार्शल गर्न लागेको हो । उपरथी शरद गिरीको अध्यक्षतामा रहने समरी जनरल सैनिक अदालतले उनीहरुसँग बयान लिएपछि […]
सरकारले बनायो ढुङ्गा,बालुवा र गिटीको उत्खननको नियमन गर्न समिति
काठमाडौँ– सरकारले ढुङ्गा, बालुवा र गिट्टीको उत्खनन र बिक्री प्रक्रियाको नियमन गर्नका लागि अनुगमन तथा समन्वय समिति गठन गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ढुङ्गा, बालुवा र गिट्टीको उत्खननको नियमनका लागि जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा समिति गरिएको मन्त्रालय सहसचिव पुरुषोत्तम नेपालले जानकारी दिए ।उनले ढुङ्गा, बालुवा र गिट्टीको जथाभावी उत्खनन र बिक्री […]
तीन महिनाको व्यापार घाटा वृद्धिदर हालसम्मकै उच्च
काठमाडौं – चालू आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकको व्यापार घाटा साढे तीन खर्ब रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ४६ प्रतिशतको वृद्धि हो । पछिल्ला वर्षमा निर्यात र आयातबीचको अन्तर निरन्तर फराकिलो बन्दै गएको समाचार आजको कान्तिपुरले अर्थ वाणिज्य पृष्ठमा छापेको छ ।नेपालको सन्दर्भमा व्यापार घाटा बढ्नु नौलो नभए पनि […]
लापरबाही गर्ने प्रहरी मात्रै सेवाबाट हटाइए, कहिले पक्राउ पर्लान् हत्यारा ?
काठमाडौं । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान प्रक्रियामा लापरबाही गरेको आरोपमा कञ्चनपुरका तत्कालिन एसपी दिल्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्टको जागिर खोसिएको छ । प्रहरी प्रधान कार्यालयद्वारा बर्खास्तीको सिफारिस भएका एसपी बिष्ट र इन्स्पेक्टर भट्टलाई गृह मन्त्रालयले बिहीबार सेवाबाट हटाएको हो ।मन्त्रालयले आज प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक भट्टलाई भविष्यमा सरकारी […]
‘सबैले कुल्ची हिँड्थे’ मा प्रियंका र पुष्प
काठमाडौं – अभिनेत्री प्रियंका कार्की र पुष्प खड्का पहिलो पटक एकसाथ भिडियोमा देखिएका छन् । ‘सबैले कुल्ची हिँड्थे’ बोलको गीत माथि बनेको भिडियो यी दुबै कलाकार एकसाथ देखिएका हुन् ।सुरज मानन्धरको स्वरमा रहेको गीतमा आनन्द अधिकारीको शब्द र हरि लम्सालको संगीत रहेको छ ।गीतले मायामा धोका पाएको एउटा प्रेमीको पीडालाई व्यक्त गरेको छ । निकेश […]
नेकपाको सचिवालय बैठक जारी– तल्ला कमिटी एकीकरणबारे महत्वपूर्ण निर्णय हुने सम्भावना
काठमाडौँ–सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ । जारी बैठकमा तल्ला तहका संगठनको एकीकरण, सरकारका काम कारवाहीको समीक्षाका साथै स्थायी कमिटी बैठकका एजेण्डा तय लगायतका विषयमा छलफल केन्द्रीत रहेको एक नेताले बताए । बैठकमा प्रचण्डको शुक्रबार दिल्ली जाने कार्यक्रमबारे पनि छलफल हुने बताइएको छ । सचिवालयका ती नेताका अनुसार आजको बैठकले केहि […]
कानुन उल्लंघन गर्नेलाई खै कारबाही ?
काठमाडौं – कानुन उल्लंघन गर्दै सम्पत्ति विवरण सार्वजनिक नगर्ने राजनीतिक दलका नेताहरूले निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको जवाफ दिन अटेर गरेका छन् । आयोगले राजनीतिक दलका केन्द्रीय पदाधिकारी र सदस्यलाई सम्पत्ति विवरण सार्वजनिक नगरेकाले कारबाही किन नगर्ने भन्दै गत १० असोजमा सात दिनभित्र जवाफ दिने म्याद तोकेर स्पटीकरण सोधेको थियो । करिब एक महिना बितिसक्दा पनि उनीहरूले आयोगको […]
पूर्वाधारको आठ दशमलव तीन प्रतिशत खर्च
काठमाडौँ । चालू आर्थिक वर्षको तीन महीनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूँजीगत खर्चको आठ दशमलव तीन प्रतिशत खर्च गरेको छ । मन्त्रालयका लागि छुट्याइएको रु एक खर्ब एक अर्ब बजेटमध्ये आठ प्रतिशतभन्दा माथि नै खर्च भइसकेको प्रवक्ता राजेन्द्रराज शर्माले राससलाई जानकारी दिए । मन्त्रालयअन्तर्गत पूर्वाधार निर्माणसँग सम्बन्धित राष्ट्रिय गौरवका पाँच आयोजना छन् । हुलाकी राजमार्ग, मध्यपहाडी […]
सिटीइभिटीको पाँच वर्षे रणनीतिक योजना निर्माण शुरु
–रमेश गिरी भक्तपुर– प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीइभिटी)को व्यवस्थापनको विशिष्टताका लागि पाँच वर्षे नयाँ रणनीति योजना निर्माण शुरु भएको छ । सिटीइभिटीले आज प्राविधिक प्रशिक्षण प्रतिष्ठान (टिआइटिआइ)मा आयोजना गरेको पाँच दिने रणनीतिक योजना निर्माण कार्यशालाको उद्घाटन गर्दै शिक्षा सचिव खगराज बरालले सिटीइभिटीले प्रत्येक जनताको हातहातमा सीप दिएर समृद्ध नेपालको सपनालाई पूरा गर्ने रणनीतिक योजना तयार […]





