–शेरबहादुर सिंह भीमदत्तनगर– कञ्चनपुरको भीमदत्तनगरपालिका–१२ ओदालीस्थित महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलसँगै बन्ने छ लेनको सडक निर्माण मुआब्जाका कारण ढिलाइ हुँदै गएको छ । महाकाली पुलसँगै निर्माण हुने पहुँचमार्गअन्तर्गत पर्ने सडक विस्तारका लागि जग्गा र घरको मुआब्जा वितरण प्रक्रियामा ढिलाइ हुँदा योजनाका काम अघि बढाउन कठिनाइ भएको हो । झण्डै १४ महिनाअघि शिलान्यास भएको पुल निर्माणको […]
समाचार
'रेड पासपोर्ट' लिनेको संख्या बढ्यो
काठमाडौं – मुलुकमा संघीयता कार्यान्वयन भएसँगै कुटनीतिक राहदानी (रातो पासपोर्ट) को प्रयोग समेत बढेको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ । तीन तहको निर्वाचनपछि जनप्रतिनिधि तथा मन्त्रीको संख्या बढेसँगै राहदानी विभागबाट कुटनीतिक राहदानी विगतको भन्दा धेरै जारी भएको छ । मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लागू भएयता आठ वर्षको अवधिमा चार हजार ४०७ पटक कुटनीतिक राहदानी जारी भएको […]
गोरु ओसारपसार गर्ने ९ वटा ट्रक प्रहरी नियन्त्रणमा
लमही-दाङको देउखुरीबाट गोरु ओसारपसार गरिरहेका नौ ट्रक आज नियन्त्रणमा लिइएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले २६ गोरुसहित ती ट्रकलाई नियन्त्रणमा लिएको पत्रकार सम्मेलनमा जनाइएको छ । अवैध रुपमा गोरु ओसारपसार गरेको भन्दै गढवा गाउँपालिका–९ अमिलियाबाट ट्रकलाई नियन्त्रणमा लिइएको जिल्ला सदस्य सुरज परियारले जानकारी दिए ।नेपालगञ्जबाट गढवा हुँदै भारततर्फ लग्ने तयारीमा रहेको सो ट्रकका […]
नेपाल–मलेसिया श्रम वार्ता सोमबार, मलेसियाको बन्द रोजगारी खुल्ने
–अशोक घिमिरे काठमाडौँ– नेपाल र मलेसियाबीच श्रमिक आपूर्ति गर्नेसम्बन्धमा सोमबार मन्त्रिस्तरीय वार्ता हुँदैछ । द्विपक्षीय वार्तामा भाग लिन मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरान आज राति काठमाडौं आउँदै छन् । वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गर्नेछन् । वार्तामा उनीहरुबीच नेपालबाट मलेसियाका लागि श्रमिक आपूर्ति, आप्रवासी कामदारका हकहितका विषयमा छलफल हुने श्रम मन्त्रालयले […]
महोत्तरीको गौशाला नगरपालिकामा औषधि अभाव
महोत्तरी– गौशाला नगरपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि उपचारका लागि गएकाहरू रित्तै फर्किन थालेका छन् । यहाँका सरकारी स्वास्थ्य केन्द्रहरूमा सरकारद्वारा निःशुल्क रुपमा उपलब्ध गराइने औषधिहरु नहुँदा उपचार गराउन जाने बिरामीहरू मार्कामा परेका हुन् । यहाँका स्वास्थ्य केन्द्रमा औषधि नभएपछि उपचारका लागि आउने बिरामीबाट गाली खानुपरेको निगौल स्वास्थ्य चौकीका इञ्चार्ज अर्जुनबहादुर बोहराको गुनासो थियो । […]
रेमिट्यान्स वृद्धिदर बढ्दै
काठमाडौं – चालू आर्थिक वर्षको दुई महिनामा १ खर्ब ५४ अर्ब रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको समाचार आजको कान्तिपुरको अर्थ वाणीज्य पृष्ठमा छापिएको छ । गत वर्षको सोही अवकिो तुलनामा यो करिब ३४ प्रतिशतको वृद्धि हो । गत वर्ष भदौसम्म रेमिट्यान्समार्फत एक खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ भित्रिएको थियो । चालू आर्थिक वर्षको सुरुदेखि नै रेमिट्यान्स वृद्धिदर […]
खेलकूदको माध्यमबाट पर्यटन विकास : मन्त्री अधिकारी
पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले मुलुकमा खेलकूदको मध्यमबाट पर्यटन विकासमा महत्वपूर्ण भूमिका पुगेको बताएका छन् । पोखरा महानगरपालिका–२० भलाममा श्रृखला युवा क्लबद्वारा आज आयोजित पाँचौ खुल्ला सेभेन एसाइड फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेलकूद क्षेत्रको समग्र विकासका लागि तीन वटै सरकार जिम्मेवार हुनु पर्नेमा जोड दिए । जनप्रतिनिधिले जनताको मन छुने गरी विकास […]
गरगहना बेचेको रकम नदिएको भन्दै श्रीमतीको हत्या, श्रीमान फरार
-किरण कुमार कर्णजनकपुर । धनुषामा बहुविवाह गरेकी पत्नीसँग खटपट हुदाँ एक पतिले प्रेमिका समेत रहेकी धर्मपत्नीको हत्या गरेका छन् । धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर ४ स्थित सपही बस्ने २८ वर्षीय सञ्जय यादवले २४ वर्षीया पत्नी रुबी ठाकुरसँग विवाद हुँदा आवेगमा कुटपिट गर्दै हत्या गरेका हुन् । केहि दिनअघि रुवीले आफ्नो गरगहना बेचेको कुरा थाहा […]
चिनीको बिक्री बन्द
लहान-साल्ट्र ट्रेडिङ कर्पोरेशन लहान शाखाले चिनीको बिक्री वितरण बन्द गरेपछि उपभोक्ता मारमा परेका छन् ।सरकारले चिनीको मूल्य निर्धारण गर्न नसकेको भन्दै चाडपर्वकै मुखमा उक्त शाखाले चिनीको बिक्री वितरण बन्द गर्दा उपभोक्ता बजारबाट चर्को मूल्यमा चिनी खरीद गर्न बाध्य भएका हुन् । प्रत्येक वर्ष दशैँ, तिहार र छठपर्वलाई लक्षित गरी सहुलियत दरमा चिनी र नूनको बिक्री वितरण […]
भारतले गफ दियो, अनुदान रकम दिएन
काठमाडौं – भूकम्पले भत्किएका संरचना पुनर्निर्माणका लागि भारतले दिने भनेको ७५ अर्ब रुपैयाँ नआउने भएको छ । भारतले पुनर्निर्माणका लागि २५ अर्ब अनुदान र एक्जिम बैंकमार्फत सहुलियत ऋणमा ७५ अर्ब घोषणा गरेको थियो । आजको अन्नपूर्ण पोस्टमा समाचार छापिएको छ । भूकम्पलगत्तै सरकारले आयोजना गरेको ‘नेपालको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’मा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले एक खर्ब […]






