एजेन्सी । माइक्रोसफ्टका सहसंस्थापक पल एलेनको ६५ वर्षको उमेरमा मृत्यु भएको छ । उनी क्यान्सरका बिमारी थिए । सन् १९७० को दशकमा एलेनले आफ्नो बाल्यकालको साथी बिल गेट्ससँग मिलेर माइक्रोसफ्टको स्थापना गरेका थिए । पछिल्लो समय उनी माइक्रोसफ्टबाट बाहिरिएर समाजसेवामा केन्द्रित भएका थिए । फोर्बका अनुसार एलेनको कुल सम्पती २०.३ अर्ब अमेरिकी डलर थियो । एलेनले दुई हप्ता अघि मात्रै नौ वर्ष ठीक भएको आफ्नो लिम्फोमा (ब्लड क्यान्सर) बल्झिएको बताएका थिए । ब्लड क्यान्सरमा रगतको श्वेत रक्त कणमा असर पर्छ
राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्



