Journalist from Itahari
समाचार

कार्डिफमाथि म्यानचेष्टर सिटीको शानदार जित

काठमाडौं । म्यानचेष्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा कार्डिफ सिटीमाथि शानदार जित हात पारेको छ । शनिबार राति भएको खेलमा सिटीले कार्डिफलाई ५–० गोल अन्तरले हराएको हो । कार्डिफको घरेलु मैदानमा भएको खेलमा सिटीले ३२ औं मिनेटमा सर्जिओ एग्युरोको गोलबाछ अग्रता लिएको थियो । त्यसका तीन मिनेटपछि नै बर्नान्डो सिल्भाले गोल गरे । खेलको ४४ […]

समाचार

कार्यवाहक प्रधानमन्त्रीको जिम्मा उपप्रम पोखरेललाई

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई दिएकी छिन् ।  प्रधानमन्त्री ओलीको सिफारिशमा उपप्रधानमन्त्री पोखरेललाई राष्ट्रपति भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको कार्यभार तोकेकी हुन् । प्रधानमन्त्री ओली संयुक्त राष्ट्र सङ्घको ७३औँ महासभामा भाग लिन आज संयुक्त राज्य अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गरेका छन् । राष्ट्रपतिले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालक राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्

समाचार

न्यायालयमा सरकारको दबाव र प्रभाव पार्नु हुन्नः सुशीला कार्की

६ असोज, काठमाडौं । पूर्वप्रधानन्यायाधिश सुशीला कार्कीले न्यायालयमा राजनीतिक ‘प्रभाव र दबाव’ पर्न नदिन नहुने बताएकी छिन् । कार्यपालिकाको दबाव र प्रभाव परे न्यायालय कमजोर हुने उनले बताइन् । ‘न्यायपालिका कमजोर भए लोकतन्त्रको अस्तित्वमाथि नै प्रश्न उठ्न सक्छ’ शनिबार आफ्नो पुस्तक ‘न्याय’ सार्वजनिक कार्यक्रममा पूर्व प्रधानन्यायाधीश कार्कीले भनिन्, ‘न्यायपालिकामा सरकारको हस्तक्षेप हुने हो भने प्रजातन्त्रको […]

समाचार

न्यायालयमा राजनीतिक ‘प्रभाव र दवाव’ पर्न दिनुहुन्नः पूर्वप्रधानन्यायधीश कार्की

काठमाडौं । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायालयमा राजनीतिक ‘प्रभाव र दवाव’ पर्न नदिन नहुने स्पष्ट पारेकी छन् । पूर्व प्रधानन्यायाधिश कार्कीले न्यायालयमा राजनीतिक प्रभाव र दवाव भए सरकार आफैँ कमजोर हुने चेतावनी पनि दिइन् । शनिबार आफूद्धारा लिखित पुस्तक ‘न्याय’ सार्वजनिक गर्दै उनले न्यायालयमाथि हुने हस्तक्षेपले लोकतन्त्रमाथि प्रश्न चिन्ह उठाउने पनि स्मरण गराइन् । विधिको शासनलाई […]

समाचार

फाबिन्हो: फुटबलमा सम्झनुपर्ने अर्का ब्राजिलियन

काठमाडौं । इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई ३-२ ले हराएर गएको सिजनको लय कायमै राख्यो । लिभरपुलका लागि ड्यानियलले ३० औं र जेम्स मिलनरले ३६ औं मिनेटमा गोल गरे । ४० औं मिनेटमा पीएसजीका थोमस मुनियर र ८३ औं मिनेटमा केलियन एमबाप्पेले गोल गरे । लिभरपुलका लागि अन्तिम […]

समाचार

इरानः सैन्य परेडमाथि हमला, थुप्रै हताहत

बीबीसीइरानको दक्षिण पश्चिम शहर अहवाजमा सैन्य परेडको क्रममा बन्दुकधारीले गोली चलाएका छन् ।सरकारी मिडियाले उक्त हमलामा थुप्रै हताहत भएको जानकारी दिएको छ ।रिपोर्ट अनुसार जहाँ परेड भइरहेको थियो, हमलाकर्ताले उनीहरुलाई नजिकैको पार्कबाट गोली चलाए । हमलाकर्ता सैनिक पोशाकमा भएको बताइन्छ ।घटनास्थलका सार्वजनिक भएका तस्बिरमा उद्दारकर्मीले घाइते सैनिकलाई सुरक्षित स्थानतर्फ लैजादैं गरेको देख्न सकिन्छ ।सरकारी मिडियाका […]

समाचार

उपत्यकाका नदीको छेउमा नजान आह्वान

५ असोज, काठमाडौं । मेलम्चीको पानी वितरणका लागि बिच्छ्याइएको पाइप सफा गरेको फोहर पानीले उपत्यकाका नदीको सतह बढ्ने भएकाले किनारमा नजान आह्वान गरिएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले पत्रकार सम्मेलन गरी बालबालिका तथा चौपायालाई पनि नदी किनारमा नपठाउन अनुरोध गरिएको हो । पाइप सफा गरेको पानी वाग्मती, रुद्रमती, विष्णुमती, मनोहरालगायत उपत्यकाका […]

समाचार

नगरपालिका कार्यालयमै मेयरले हेर्छन शिक्षकको हाजिरी

खोटाङ – भदौ १ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको एक विद्यालयमा तीन शिक्षक अनुपस्थित भए । नगरपालिकाबाटै निगरनी हुने गरी जडान गरिएको ई हाजीरीका माध्यमबाट विद्यालयमा एकैसाथ तीन शिक्षक अनुपस्थित देखिएपछि मेयर दिपनारायण रिजलले तत्काल फोन गरेर शिक्षकको अनुपस्थितिबारे सोधखोज गरे । तर विद्यालयका प्रधानाध्यापकबाट कोही पनि शिक्षक बिदामा नबसेको जवाफ आयो । मेयर रिजालले नामै […]

समाचार

नेपाल प्रहरीका तीन डीआईजीको एआईजीमा बढुवा

५ असोज, काठमाडौं । सरकारले नेपाल प्रहरीका तीन डीआईजीलाई प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार राति अबेर सम्पन्न बैठकले बढुवा सिफारिस समितिको सिफारिसअनुसार पुस्कर कार्की, ठूले राई र धिरु बस्नेतलाई एआईजी बढुवा गरेको हो । कार्की पहिलो, राई दोस्रो र बस्नेत तेस्रो नम्बरमा सिफारिस भएका थिए । बढुवासँगै कार्की प्रहरी हेडक्वार्टरको […]

समाचार

खुर्सिद अन्सारीलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं–सरकारले अज्ञात समूहको गोली प्रहारबाट ज्यान गुमाएका सुनसरीको हरिनगर गाउँपालिकाका खुर्सिद अन्सारीलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । उनको बिहिबार दिउँसो अज्ञात समूहले प्रहार गरेको गोली लागेको मृत्यु भएको हो । अन्सारीकाे मृत्युपछि स्थानीयका साथै मुस्लिम अगुवाले मृतकलाई सहिद घोषणा गर्दै छानबिन समिति बनाएर घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गरेबमोजिम सरकारले उनलाई सहिद घोषणा गरेको […]