काठमाडौं – अभिनेत्री सोविता सिंखडाको पहिलो उपन्यास ‘वराङ्गना’ सार्वजनिक गरिएको छ । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा पुर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, पत्रकार बबिता बस्नेत, पत्रकार तथा साहित्यकार नवराज लम्साल लगायतले उपन्यास बिमोचन गरे । कार्यक्रममा पूर्व प्रम चन्दले सोविताको उपन्यसमा गाउँको परिवेश, समाजको भेदभाव र मानव द्धन्द्धका कारण सहज तरिकाले उपन्यासमा उतार्न सफल भएको बताए […]
Author: purnakhabar
युएईमा यसरी मनाइयो तेस्रो संविधान तथा राष्ट्रिय दिवस (फोटो फिचर)
युएई/युएईस्थित नेपाली दूतावासले एक कार्यक्रमको आयोजना गरी युएईमा रहेका ९२ राष्ट्रका प्रतिनिधिको उपस्थितिमा साँस्कृतिक झाँकी सहित तेस्रो संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ । कार्यक्रममा युएई सरकारका परराष्ट्र तथा अन्तर्राष्ट्रिय सम्बन्ध मामिला मन्त्रालयका सचिव अहमद सरी अल मजोरोइको प्रमुख आतिथ्यथा तथा परराष्ट्र मन्त्रालय पर्यटन बिभागका महानिर्देशक सइद अब्दुल्लाह अल कामजीको बिशेष आतिथ्यता रहेको थियो […]
उपराष्ट्रपति –सिपिसी सिचुवान प्रान्त सचिवबीच शिष्टाचार भेट
छेन्दु– चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का सिचुवान प्रान्त सचिव पेङ छिङुहवाले शिष्टाचार भेट गरेका छन् । उपराष्ट्रपतिसँग सिपिसीका सिचुवान प्रान्त सचिवले स्थानीय समय अनुसार आज (शुक्रबार) बिहान ९ बजे शिष्टाचार भेट गरेका हुन् ।भेटमा उपराष्ट्रपतिले नेपाल चीन सम्बन्ध नयाँ उचाईमा पुगेको भन्दै सिचुवान प्रान्त र नेपालको सम्बन्ध विशिष्ट […]
संशोधित शिक्षा विधेयक संशोधन गर्न एन–प्याव्सनको माग
काठमाडौं– राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन, नेपाल (एन प्याब्सन)ले संघीय संसदबाट हालै पारित ‘अनिवार्य तथा निःशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ तत्काल संशोधन गर्न सरकारसँग माग गरेको छ । एन प्याब्सनले अनिवार्य तथा निःशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ मान्य नहुने चेतावनी दिँदै तत्काल संशोधन गर्न सरकारसँग माग गरेको हो । […]
उद्योग समितिको सभापतिमा श्रीवास्तव निर्विरोध निर्वाचित
काठमाडौं– प्रतिनिधिसभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा विमलप्रसाद श्रीवास्तव निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ । समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले एक मात्रै उम्मेदवारी परेपछि श्रीवास्तव सभापतिमा निर्विरोध निर्वाचित घोषणा भएका हुन् ।श्रीवास्तव सभापतिमा निर्विरोध निर्वाचित भएको समितिका जेष्ठ सदस्य मुकुन्द न्यौपानेले जानकारी दिए । नवनिर्वाचित समितिका सभापति श्रीवास्तवले […]
नेपाल म्यानमारसँग भिड्ने
काठमाडौँ– एएफसी यू–१६ महिला फुटबल च्याम्पियनसिप छनोटमा नेपाल आज म्यानमारसँग भिड्ने भएको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा नेपाल र म्यानमाबीचको खेल दिउँसो ३ः३० बजे हुनेछ । समूह चरणको पहिलो खेलमा बुधबार फिलिपिन्ससँग ४–० ले पराजित भएको नेपालले दोस्रो खेलमा म्यानमारसँग प्रतिस्पर्धा गर्न लागेको हो । अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाउन नेपाललाई म्यानमारविरुद्धको […]
नेपाली ठिटोजसँग खुश्वुको ‘ढिकिच्याउ’
गायिका सहिमा श्रेष्ठ र गायक सन्दिप न्यौपानेको आवाजमा ‘ढिकिच्याउ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । सन्दिप न्यौपानेको शब्द रहेको यो गीतमा गोविन्द मधुर आचार्यको संगीत छ । यो डान्सिङ गीतको भिडियोको निर्देशन सुनिल क्षेत्रीले गरेका हुन् । टंक केसीको कोरियोग्राफी रहेको भिडियोमा विकास ज्ञवालीको सम्पादन छ । भिडियोमा मोडल खुश्वी खड्का, नेपाली ठिटोजले […]
दार्चेनदेखि देरापुकसम्मको आकाश र धर्तीका लीला
यात्राको क्लाइमेक्स सुरु हुँदै थियो दार्चेनबाट । हामी कैलाशको खास कोरा थाल्दै थियौं । ५२ किलोमिटर परिधिको कैलाश कोरा तीन दिनमा पूरा गर्न हामी कस्सिएका छौँ । कतिले सुरुबाटै पैदल यात्रा गरे, हामी केही यात्री चाहिँ दार्चेनबाट ६ किलोमिटर अगाडिसम्म गाडीमा गयौँ । गाडीबाट ओर्लंदा मैदानमा याक, घोडा र तिब्बतीको भीड थियो । तर ती तिनै […]
काँग्रेसले सातै प्रदेशमा राय लिने
अच्युत रेग्मी काठमाडौँ– नेपाली काँग्रेसको विधान संशोधन मस्यौदा समितिले संशोधित विधानका सम्बन्धमा सातै प्रदेशमा राय तथा सुझाव लिने भएको छ । मुलुक सङ्घीय संरचनामा गएसँगै काँग्रेसले पनि त्यसअनुरुप विधान परिमार्जन गर्न सातै प्रदेशबाट राय तथा सुझाव सङ्कलन गर्न लागेको हो । काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेका समितिले पार्टीको संशोधन हुन लागेको विधानमा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, […]
कर्णाली राजमार्गमा जिप दुर्घटना, ९ जना घाइते
दुल्लु– कर्णाली राजमार्गअन्तर्गतको दैलेख खण्डमा जिप दुर्घटना हुँदा नौ यात्रु घाइते भएका छन् । जुम्लाबाट सुर्खेततर्फ आउँदै गरेको जिप कर्णाली राजमार्गमा दुर्घटना हुँदा जिपमा सवार १० जनामध्ये नौ यात्रु घाइते भएका छन् । बुलबुले यातायात प्रालिको भे१ज ९७९ नम्बरको जिप दैलेखको आठबिस नगरपालिका–१ डावमा दुर्घटना भएको हो । आज बिहान २ः३० बजे जिप दुर्घटना भएको जिल्ला […]







