समाचार

युएईमा यसरी मनाइयो तेस्रो संविधान तथा राष्ट्रिय दिवस (फोटो फिचर)

युएई/युएईस्थित नेपाली दूतावासले एक कार्यक्रमको आयोजना गरी युएईमा रहेका ९२ राष्ट्रका प्रतिनिधिको उपस्थितिमा साँस्कृतिक झाँकी सहित तेस्रो संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ ।

कार्यक्रममा युएई सरकारका परराष्ट्र तथा अन्तर्राष्ट्रिय सम्बन्ध मामिला मन्त्रालयका सचिव अहमद सरी अल मजोरोइको प्रमुख आतिथ्यथा तथा परराष्ट्र मन्त्रालय पर्यटन बिभागका महानिर्देशक सइद अब्दुल्लाह अल कामजीको बिशेष आतिथ्यता रहेको थियो ।

यस्तै सार्क राष्ट्रसहित ९२ देशका २३ राजदूत, ४३ उपनियोग प्रमुख तथा अन्य देशका दूतावास प्रतिनिधि लगायतको उपस्थित रहेको थियो । विभिन्न देशका नियोग प्रतिनिधि सहभागी कार्यक्रममा नेपाली कला संस्कृति झल्किले झाँकी प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा सहभागी विदेशी प्रतिनिधिले लाखे नाच,देउडा तथा विभिन्न जातिय संस्कृति झल्काउने नृत्यको अवलोकन गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै युएईका लागि कार्यवाहक राजदूत सागरप्रसाद फुँयालले नेपाल सधै स्वतन्त्र राष्ट्र भएको र संविधान जारी भएको दिनलाई राष्ट्रिय दिवशका रुपमा मनाउन थालेको बताए ।

नेपालको पर्यटनलाई चिनाउने डकुमेन्ट्रीर साँस्कृतिक झाँकीको अवलोकनपछि विदेशी नियोगका प्रतिनिधीले नेपाल भ्रमणको चाहना प्रकट गरेका छन् । उनीहरुले नेपाली कला संस्कृतिको खुलेर प्रंसशा गरेका थिए ।

कार्यक्रममा दूतावासका प्रथम सचिव सिवानी बस्नेत, द्वितीय सचिव बिष्णु अधिकारी, श्रम काउन्सिलर भेषबहादुर कार्की, श्रम सहचारी मोतिराम भुसाल, त्रितिय सचिवद्वय केशवराज पोखरेल, नारायण ज्ञवाली, लेखाप्रमुख पुण्यवती पौडेल तथा दूतावासका स्थानीय कर्मचारी लगायतले उपस्थित आमन्त्रित विदेशी पाहुनालाई स्वागत गरेका थिए ।

कार्यक्रमको सञ्चालन भने दूतावासकी दितिय सचिव बिष्णुकुमारी अधिकारीले गरेकी थिइन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *