समाचार

फाबिन्हो: फुटबलमा सम्झनुपर्ने अर्का ब्राजिलियन

काठमाडौं । इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई ३-२ ले हराएर गएको सिजनको लय कायमै राख्यो ।

लिभरपुलका लागि ड्यानियलले ३० औं र जेम्स मिलनरले ३६ औं मिनेटमा गोल गरे । ४० औं मिनेटमा पीएसजीका थोमस मुनियर र ८३ औं मिनेटमा केलियन एमबाप्पेले गोल गरे । लिभरपुलका लागि अन्तिम समयमा रोबर्टो फर्मिनोले गोल गरेर जित दिलाए ।

यो सबैमा अगाडि देखा नपरेर मैदानमा एक मिनेट मात्रै समय पाएका एक थिए फाबियो हेनरिक ताभारेस अर्थात्, फाबिन्हो ।

च्याम्पियन्स लिगमा पीएसजीविरुद्ध ९२ औं मिनेटमा मानेको स्थानमा मैदान छिरेका मिडफिल्डर फाबिन्होले लिभरपुलबाट डेब्यू मात्रै गरेनन्, याद रहने गरी डिफेन्स लाइन सम्हाले ।

खेल सकिएपछि खुसी हुँदै प्रशिक्षक जर्गेन क्लोपले उनलाई अंकमाल गरेका थिए । जसले फाबिन्हो ४३.७ मिलियन पाउण्डमा मोनाकोबाट लिभरपुल आउनुको उद्देश्य प्रष्ट भएको थियो ।

लिभरपुल आएदेखि मैदान जान नपाएर निराश बनेका फाबिन्होले एक मिनेट मात्रै खेल्न पाए पनि आˆनो उपस्थिति प्रमाणित गरे ।

ब्राजिलियन मिडफिल्डर फाबिन्होले २०१२ मा फ्लुमिनेन्स युथ टिमबाट फुटबल सुरु गरेका थिए । ˆलुमिनेन्सको प्रमुख टिमबाट एक खेल नखेले पनि उनी पोर्चुगलको प्रिमियर लिगा क्लब रियो एभमा गए । जसमा एक खेल पनि नखेल्दै उनी लोनमा रियल मडि्रडको बी टिममा पुगे । यसरी एकै वर्ष उनी ˆलुमिनेन्सदेखि रियल मडि्रडसम्म पुगे ।

रियल मडि्रडको बी टिमबाट ३० खेल खेलेका उनले २०१३ मा रियल मडि्रडकै प्रमुख टिमबाट एक खेल खेलेका थिए । २०१३ मा नै लोनमा फ्रेन्च क्लब मोनाको गएका उनी २०१५ देखि स्थायी रुपमा नै मोनाकोको सदस्य भए । जहाँबाट गएको जुनमा उनी लिभरपुल आएका हुन् ।

ब्राजिलबाट ५ खेल खेलेका फाबिन्हो गएको विश्वकपमा टिममा नपरे पनि फुटबल जानकारमाझ चिनिएका छन् । २०१६/१७ को लिग वान उपाधि मोनाकोबाटै जित्दा पनि फाबिन्होको खेलले चर्चा पाएको थियो ।

२४ वर्षका फाबिन्हो डिफेन्सदेखि थोरै समयमा अट्याकसम्म बल बढाउन सक्ने क्षमताले चिनिएका छन् । उनको सिधा पास मोहम्मद सलाह, सडियो माने, रोबर्टो फर्मिनो जस्ता खेलाडीका लागि उपयोगी हुने देखिन्छ । फरवार्डमा छिटो छिटो फोसिसन परिवर्तन गर्दै खेल्ने लिभरपुल शैलीले पनि फाबिन्होको स्थान बलियो बनाएको छ ।

यसका साथै विशेष त डिफेन्सिभ मिडफिल्डमा फाबिन्होको भूमिका बलियो छ । म्यानचेस्टर सिटी र टोटनहृयामजस्ता टिमविरुद्ध पि्रमियर लिगमा पनि फाबिन्होको डिफेन्सिभ स्किल विशेष काम आउने छ ।

६ फिट २ इन्च अग्ला फाबिन्हो एरियल बलमा जति राम्रो हुनुपर्ने हो उति भने देखिँदैनन् । यसमा कर्नर र भित्री पि|mकिकहरुमा बल रोक्न उनले केही सुधार गर्नुपर्ने देखिन्छ । तर पनि एरियल बलमार्फत नै सेन्टर लाइनमा पास मिलाउने उनको शैली राम्रो छ ।

काउन्टरमा आएको बलमा नियन्त्रण राख्न पनि उनले आफ्नो शैलीमा केही सुधार गरेर चलाखीपूर्ण दौडमा ध्यान दिनुपर्ने देखिन्छ । तर काउन्टरमा आएको बलमा ट्याकल गर्ने र विपक्षी खेलाडीको अगाडि उभिएर बल रोक्ने उनको क्षमता राम्रो छ ।

धेरै अग्लो भएकै कारण सानो क्षेत्रमा बल छलाउने अट्याकमा उनलाई छिटो मुभ हुन अप्ठ्यारो भएको देखिन्छ । यसैले उनी राइट ब्याकबाट डिफेन्सिभ मिडफिल्डको पोजिसनमा पुगेका हुन् । विपक्षीको लामो पास उनले सेन्टर लाइनबाटै विफल बनाउने हुँदा लिभरपुलमा उनको स्थान राम्रो हुनेछ ।

आफ्नो तर्फबाट काउन्टरमा बल बढाउँदा पनि फाबिन्होको क्षमता बलियो छ । २०१७ मा मोनाकोले लिग जित्दा पनि फाबिन्होको यहि काउन्टर शैलीले धेरै काम गरेको थियो । यसैले युरोपियन फुटबलको विशेष काउन्टर शैलीमा उनी राम्रो छन् ।

प्रशिक्षक क्लोपले फाबिन्हो प्रिमियर लिग भन्दा भिन्न खालको लिगबाट आएकाले लिभरपुलको शैलीमा काम गर्न केही समय लागेपनि उनी उत्कृष्ट खेलाडी रहेको र लिभरपुललाई अझै राम्रो बनाउन मद्धत गर्ने बताएका थिए ।

फाबिन्होले पनि लिभरपुलमा आफूलाई जुन उद्देश्यका लागि ल्याइएको हो त्यसमा राम्ररी काम गर्ने बताएका छन् । ‘मलाई लाग्छ यहाँ मेरो खेल अझै राम्रो हुनेछ’ लिभरपुल आएलगत्तै उनले भनेका थिए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *