Uncategorized

आइएफसीद्धारा नेपालमा नब्बे अर्ब लगानी गर्ने घोषणा

३० कात्तिक, काठमाडाैं । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले नेपालमा करिब ९० अर्ब रुपैयाँ लगानी गर्ने भएको छ ।

आईएफसीले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपालमा निजी क्षेत्रमार्फत् करिब ९० अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको हो ।

आईएफसीकी नेपाल, भारत र भुटान निर्देशक वेन्डी वेर्नरले सो लगानी नेपालको पर्यटन, कृषि र पूर्वाधार तथा प्रविधिको विकासमा लगाउने बताइन् ।

आईएफसीको सो लगानी नेपालको दिगो विकासका लागि खर्च गरिने उनले जानकारी दिइन् । निर्देशक वेन्डीले नेपालमा स्थिर सरकार निर्माण भएकाले लगानीको वातावरण बन्दै गईरहेको बताइन् ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा लगानीका लागि उचित वातावरण बनिरहेको उल्लेख गर्दै ढुक्क भएर लगानी गर्न दाताहरुलाई आग्रह गरेका थिए ।

उनले लगानीका लागि उचित वातावरण बनाउन नेपाल सरकारले पूर्वाधार विकासमा जोड दिएको बताए ।

अर्थमन्त्री खतिवडाले मुलुकको दिगो आर्थिक विकासका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको  उल्लेख गरे ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *