Uncategorized

‘कोलम्बो प्रोसेस’ मन्त्रीस्तरीय परामर्श बैठकः वैदेशिक रोजगारीमा जाने कामदार दक्ष बनाउन जोड

३० कात्तिक, काठमाडाैं । नेपालले वैदेशिक रोजगारीमा जाने कामदारलाई दक्ष बनाउनुपर्नेमा जोड दिएको छ ।

श्रम, आप्रवासन र सुशासनको महत्वपूर्ण क्षेत्रीय संयन्त्रको रुपमा रहेको ‘कोलम्बो प्रोसेस’ अन्तरगतको मन्त्रीस्तरीय परामर्श बैठकमा नेपालले वैदेशिक रोजगारमा जाने कामदारहरुलाई दक्ष बनाउनुपर्नेमा जोड दिएको हो ।

शुक्रबार काठमाडौंमा वैदेशिक रोजगारमा कामदार पठाउने एशियाका १२ देशका मन्त्रीस्तरीय परामर्श बैठकको उद्घाटन गर्दै उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले वैदेशिक रोजगारमा जाने कामदारको सम्पूर्ण खर्च रोजगारदाता देशले नै व्यहोर्नुपर्ने जरुरी रहेको पनि बताए ।

उपप्रधानमन्त्री पोखरेलले मुलुकको आर्थिक विकासमा ठूलो योगदान दिने कामदारहरुको सुरक्षाको पक्षमा दृढतापूर्वक अभिन पनि सो मन्त्रीस्तरीय परामर्श बैठक सफल हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन बैठकले महत्वपूर्ण निर्णय लिने बताए । उनले वैदेशिक रोजगारमा गएका कामदारहरुलाई ठगिन नदिन बैठकले ठोस धारणा तय गर्नुपर्ने पनि स्पष्ट पारे ।

बैठकमा बिहिबार सम्पन्न श्रम सचिवहरुको बैठकले पेश गरेको एजेन्डामाथि छलफल हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले जानकारी दिए ।  कोलम्बो मन्त्रीस्तरीय परामर्श बैठकमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, फिलिपिन्स, श्रीलंका, भियतनाम, इन्डोनेशिया, कम्बोडिया, अफगानिस्तान, चीन सहभागी रहेका छन ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *