२९ कात्तिक, काठमाडौं । रोजगारीका लागि साउदी अरबमा रहेका नेपालीहरुले देउसी भैलोबाट संकलित रकम मृगौला पिडितलाई सहयोग गर्ने जनाएका छन् ।
जिफन्ट सहयोग समूह ‘साउदी अरब’ को पहलमा भएको देउसी भैलोबाट संकलित रकम उनीहरुले बागलुङ मेसीखोला गाउँपालिका-६ का मृगौला पिडित दीपक घर्तिमगरलाई सहयोग गर्ने जनाएका हुन् ।
देउसी भैलोबाट २६ हजार ७ सय (८६० रुपैयाँ साउदी रियाल) रुपैयाँ संकलन भएको जिफन्ट सहयोग समूह ‘साउदी अरब’का केन्द्रीय सदस्य रोशन राजभण्डारीले जानकारी दिए ।
लामो समयदेखि मृगौला पिडित घर्तिमगरको हाल नेपालमै उपचार भइरहेको उनले बताए । जिफन्ट सहयोग समूह ‘साउदी अरब’ ले साउदीको कतिफ र जुबेलमा देउसी भैलो खेलेर उक्त रकम संकलन गरेको थियो ।



