Uncategorized

जलवायु सम्मेलनमा भाग लिन राष्ट्रपति पोल्याड जाने

२८ कात्तिक,काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी डिसेम्बर पहिलो साता पोल्याण्ड जाने तय भएको छ । जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनलाई सम्बोधन गर्न राष्ट्रपति डिसेम्बर १ मा पोल्याण्ड जाने तय भएको हो ।

डिसेम्बर ३ देखि १४ सम्म पोल्याण्डको कोट्वाइस शहरमा आयोजना हुने सम्मेलनमा विश्वभरका विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुख सहभागी हुनेछन् । नेपालबाट राष्ट्रपतिको नेतृत्वमा सहभागिता जनाइने परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बताए ।

जलवायु परिवर्तन सम्बन्धी राष्ट्रसंघीय सम्मेलन हरेक वर्ष आयोजना हुन्छ । २४ औं सम्मेलन यसपटक पोल्याण्डमा हुँदैछ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *