Uncategorized

फिल्मको गीतमा अञ्जलीको डिमाण्ड बढ्दै

चलचित्र ‘प्रसाद’मा समावेश ‘बनकी चरी के भन्छे माया लाउ भन्छे’ बोलको गीतमा मोडल अञ्जली अधिकारीले नृत्य गरेकी छिन् । अञ्जलीको चर्चा विशेषगरि, ‘बोल माया’ बोलको गीतको भिडियोमा अभिनय गरेपछि भएको हो ।

उनै, अञ्जलीले चलचित्र ‘गोर्खे’मा समावेश ‘सिन्की अचार’ बोलको गीतमा पनि नृत्य गरेकी छिन् । अन्जु पन्त र आरसी रिमाको स्वर, नग्वा फिञ्जु पाख्रिनको शब्द तथा संगीतमा तयार भएको गीतको भिडियोमा मोडल अञ्जली अधिकारी र रविन्द्र प्रताप सेनको नृत्य छ ।

सन्तोष ढकालको निर्देशनमा तयार भएको यो चलचित्रमा तिर्थ कोजु, हरि लामा, हरि थापाको लगानी छ । निरज कँडेलको छायांकन रहेको चलचित्रमा शिव वीकको कोरियोग्राफी छ ।
[youtube https://www.youtube.com/watch?v=RPRjWRHuy6U]

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *