Uncategorized

सेयर बजार किन सुस्तायो ! लगानीकर्ता भन्छन्- अनलाइन प्रणाली समस्या होइन

२५ काठमाडौं, कात्तिक । तिहार बिदा सकिएसँगै आइतबार पहिलो दिन खुलेको सेयर बजारमा भारी अंकको गिरावट देखियो । नेप्से परिसूचकमा १७ दशमलव ३१ अंकको गिरावटसँगै कारोबार रकम समेत सुस्ताएको छ ।

९ करोड ९४ लाख ५१ हजार ४८ रुपैयाँमा सिमित भएको छ । तिहार बिदा हुनु अघिल्लो दिन मात्रै नेपाल स्टक एक्सचेञ्जले पूर्ण अनलाइन सेयर कारोबार प्रणालीको उद्घाटन गरेको थियो ।

तारे होटलमा धुमधामका साथ अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेको अनलाइन प्रणालीले सेयर बजारमा सकारात्मक प्रभाव पार्न भने सकेन । उद्घाटन भएकै दिन नेप्सेको वेबसाइटमा समस्या देखियो भने कारोबार पनि खुम्चियो ।

उद्घाटन भएको दिन विभिन्न सेटिङहरु मिलाउनु पर्ने र डाटा सार्ने कामले केहि प्रभाव पारेको भए पनि तिहार पछिको कारोबार राम्रो हुने अपेक्षा गरिएको थियो । तर, तिहार बिदा पछिको पहिलो कारोबार नै राताम्मे देखिएपछि लगानीकर्ताहरु निराश भएका छन् ।

‘अनलाइन प्रणालीले सेयर बजारमा राम्रो सुधार ल्याउने अपेक्षा गरिएको थियो’ एक लगानीकर्ताले अनलाइनखबरसँग भने, ‘तर अनलाइन सुरु भएकै दिनदेखि कारोबार लज्जास्पद देखिएको छ यसले हामीलाई पीडा थपिएको छ ।’

के साच्चिकै अनलाइन कारोबार प्रणालीले गर्दा सेयर बजार घटेको हो त ? यस प्रश्नमा नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद भन्छन्, ‘अनलाइन कारोबार प्रणालीको प्रभावले सेयर बजार घटेको होइन, कारोबार घट्नुको कारण अर्कै छ ।’

हाथ वे नेपाल इन्भेष्टमेन्टका प्रवन्ध निर्देशकसमेत रहेका फोरमका अध्यक्ष पौडेलले स्टाण्डर्ड चार्टड बैंकले गरेको नगद लाभांश घोषणको असर स्वरुप आइतबार सेयर बजारमा गिरावट आएको दावी गरे ।

‘आइतबार सेयर बजार घट्नुको प्रमुख कारण स्टाण्डर्ड चार्टड बैंकको १७ प्वाइन्ट ५ प्रतिशत नदग लाभांश हो’ अनलाइखबरसँगको कुराकानीमा पउनले भने, ‘यसको त आइ नै हाल्यो अरु बैंकहरुको पनि यस्तै आउला भन्ने कुराले प्रभाव पारेको हो, यसलाई अनलाइनले प्रभाव पार्यो भन्न मिल्दैन ।’ अनलाई कारोबार प्रणालीले सेयर बजारमा सकरात्मक असर गर्ने उनले बताए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *