Uncategorized

पौरखी किसानले बङ्गुरपालनबाट गर्छन् वर्षमा १५ लाख आम्दानी

२५ कात्तिक, वालिङ । मलेसियामा ७ वर्ष बसे फर्किएका स्याङ्जा वालिङ–१३ का श्यामबहादुर विक बङ्गुरपालनबाट मनग्य आम्दानी गर्न सफल भएका छन् ।

विकले चार वर्षअघि केबिएसबी बङ्गुर फार्म दर्ता गरी झोलुङ्गे बजारमा दुई रोपनी जग्गा भाडामा लिएर व्यवसाय थालेका थिए । ‘सामान्य रूपमा घरमा पाल्दै आएका माउहरूबाट पाठापाठी उत्पादन गरी बिक्री गर्दै आएको थिएँ’ विकले भने, ‘अब यसलाई मैले व्यावसायिक रूपमै अगाडि बढाउने निर्णय गरेको हूँ ।’

अहिले उदाहरणीय व्यवसायी बनेका विकले १५ लाख रुपैयाँ लगानीमा खोर निर्माण गरी घरमै उत्पादन भएका माउ तथा पाठापाठीहरूबाट व्यवसाय शुरु गरेका थिए । ‘शुरुमा मासु प्रयोजनका लागि बङ्गुर तथा पाठापाठीहरू प्रयोग गर्थें’ व्यवसायी विकले भने, ‘अहिले पाठापाठी उत्पादन गरी बिक्री गर्न थालेको छु वर्षमा ३०० बढी पाठापाठीहरू बिक्री गर्ने गरेको छु ।’ बङ्गुर तथा पाठापाठी बिक्रीबाट वार्षिक १३ लाखदेखि १५ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको विक बताउँछन् ।

‘सरकारले कृषिमा सहुलियत दरमा ऋण उपलब्ध गराउने भने पनि वास्तविक कृषकसम्म ऋण पुग्न सकेको छैन’ व्यावसायी विकले भने, ‘कृषकलाई अनुदानभन्दा पनि सस्तो ब्याजदरमा सुलभ तरिकाले ऋण पाउने व्यवस्था मिलाइदिए राम्रो हुने थियो ।’

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *