Uncategorized

बरिष्ठ मुटुरोग विशेषज्ञ मनवहादुर केसी अब हृयाम्स अस्पतालमा

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदयकेन्द्रका बरिष्ठ मुटुरोग विशेषज्ञ डा. मनबहादुर के.सी.ले हृयाम्स हस्पिटलमा दिउासोको समयमा पूर्णकालीन सेवा प्रदान गर्न थालेका छन् । गंगाललको २० वर्षे सेवा अवधि पूरा गरेर अवकाश पाए लगत्तै केसीले हृयाम्स अस्पतालबाट विरामीको सेवा शुरु गरेका हुन् ।

केसीसँगैटुरोग विशेषज्ञ डा. मुकुन्द शमा पनि हृयाम्समा पुगेका छन् । गंगालका पूर्व कार्यकारी निर्देशकद्धय भगवान कोइराला र मनवहादुर केसीसागै हृयाम्समा नेपालकै बरिष्ठ डाक्टरहरु जोडिएको हृयाम्सका अध्यक्ष रामशरण भण्डारीले बताए । उनका अनुसार नन—इन्भेजिव कार्डियोलोजीमा ख्याति कमाएका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रा.डा. दिवाकर शर्माले पनि हृयाम्सबाट सेवा थालेका छन् ।

सि.आर.टी. जस्तो विशेष पेशमेकर राख्ने नेपालका एक मात्र चिकित्सक डा. रोशन राउत, मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि अधिकारीलगायतले मुटु उपचारमा सेवा प्रदान गरिरहेको भण्डारीले बताए ।

वरिष्ठ मुटु रोग विशेषज्ञ मनबहादुर के.सी. मुटु ढुकढुक गर्ने समस्या (कार्डियाक इलेक्ट्रो फिजियोलोजी) को उपचार गर्ने नेपालको पहिलो चिकित्सक हुन् । मुलुकमा यो सेवा शुरु गरेवापत् नेपाल राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले २०६२ सालमा डा. केसीलाई युवा वैज्ञानिक पुरस्कारबाट विभूषित गरेको थियो ।

हाल कार्डियाक इलेक्ट्रोफिजियोलोजी सेवा नेपालमा शहीद गंगालालमा मात्र रहादै आएकोमा निजी क्षेत्रबाट हृयाम्सले पहिलोपटक शुरु गरेको छ ।

देशकै अत्याधुनिक अस्पताल बन्ने महत्वाकांक्षी लक्ष्य सहित पुनस्थार्पित गरिएको हृयाम्स अन्तर्राष्ट्रिय अस्पतालले नाम चलेका अधिकांश विशेषज्ञ डाक्टरहरुलाई एकै ठाउामा जम्मा गरेको छ । नाम चलेका र प्रतिष्ठित विशेषज्ञ डाक्टरहरुको उपचार एउटै अस्पतालबाट उपलव्ध गराउन खोजिएको उनको भनाइ छ ।

ओम अस्पतालको अध्यक्ष छाडेर बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाल पनि हृयाम्स पुगेका छन् ।

धुम्बाराहीमा १५ रोपनी जग्गामा हेलिप्याड सहितको नवनिर्मित भवनबाट हृयाम्स अस्पतालले अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा सन्चालनमा ल्याएको अस्पतालका अध्यक्ष रामशरण भण्डारीले बताए ।

आइओएमका पूर्व डिन प्रकाश सायमी, गीता सायमीका साथै चर्चित स्त्रीरोग विशेषज्ञ पदमराज पन्त, युरोलोजीका चर्चित डाक्टर प्रेमराज ज्ञवाली पनि हृयाम्समा पुगेका छन् ।

डा भाष्करराज पन्त,विज्ञान भण्डारी, सन्दिप भण्डारी र प्रशान्त अधिकारी सहितको अर्थोपेडिक विशेषज्ञहरुको टिमले उपचार सेवा शुरु गरिसकेको भण्डारीले जानकारी दिए । सिन्धुपाल्चोकको बलेफीमा भएको बस दुर्घटनामा हात गुमाएका एक युृवकको सफल शल्यक्रियामार्फत हात जोडिएको उनले बताए ।

हृयाम्समा नाक कान घााटी विशेषज्ञ डा. विमल सिन्हाको टिम पनि सामेल भएको छ । सिंगापुरबाट भर्खरै फर्किएकी छाती रोग विशेषज्ञ रक्षा पाण्डे, एम्स अस्पताल दिल्लीबाट विशेषज्ञता हासिल गरेका र्का छातिरोग विशेषज्ञ डा. राजु पंगेनी, अमेरिकाबाट भर्खरै इन्फेक्सन डिजिजमा विशेषज्ञ हासिल गरेका अनुप सुवेदी लगायत नाम चलेका विशेषज्ञ डाक्टरहरुल हृयाम्समा जोडिएका छन् ।

उपचार सेवा शुरु भए पनि सबै पुर्वाधारको काम सम्पन्न गरेर अस्पतालको औपचारिक उद्घाटन गरिने भण्डारीले बताए । सबै रोगको उपचार एउटै छानामुनी गर्ने उद्देश्यले मुलुकका बरिष्ठ चिकित्सकहरुलाई हृयाम्समा स्वागत गरिएको उनको दावी छ ।

भारतको चर्चित अस्पताल एम्सबाट भर्खरै मेडिकल अंकोलोजीमा -क्यान्सर रोग विशेषज्ञ)मा डिएम हासिल गरेका डा.कमलराज सोती लगायतको टिम पनि हृयाम्समा थपिएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *