Uncategorized

दलसँग जोडिएर जागिर जोगाउने मनोवृत्ति शिक्षकले त्याग्नुपर्छः मन्त्री पोखरेल

२५ कात्तिक, बर्दिबास । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सीपमूलक व्यावसायिक शिक्षा मुलुकको समृद्धि अभियानका लागि अपरिहार्य भएको बताएका छन् ।

शनिबार महोत्तरीको बर्दिवास–६ किसाननगरमा नवस्थापित प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पसले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई मन्त्री पोखरेलले मुलुकको दिगो विकास र दक्ष जनशक्तिको प्रवद्र्धनका लागि अब सीपमूलक र व्यावसायिक शिक्षालाई बढाउनुपर्ने बताए ।

यसका लागि सरकारले २५ वर्षे शैक्षिक रणनीति बनाएको मन्त्री पोखरेलको भनाइ छ । मुलुकमा सीपमूलक र व्यावसायिक शिक्षालाई प्रवद्र्धन र विकासका लागि अब माध्यमिक तहदेखि उच्च तहसम्म पठनपाठन गराइने गरी यसअघि प्रयोगमा रहेका व्यावसायिक विषयबाहेक जडीबुटी, आयुर्वेद, योग र प्राकृतिक चिकित्सासहितका विषय समावेश गराइएको मन्त्री पोखरेलले बताए ।

सामुदायिक विद्यालयमा हुँदै आएको राजनीतिक खिचातानीले पठनपाठन अस्तव्यस्त बनाएको मन्त्री पोखरेलको ठम्याइ छ । ‘हाम्रा सामुदायिक विद्यालय राजनीतिक दल र मर्यादित हुनपर्ने शिक्षण पेशामा संलग्नहरूका लागि राजनीति गर्ने थलो बनेका छन्’ मन्त्री पोखरेलले भने, ‘अब यो वा त्यो राजनीतिक दलसँग आफूलाई जोडेर जागिर जोगाउने मनोवृत्ति शिक्षकले त्याग्नैपर्ने हुन्छ ।’

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *