नेपाल संवत् सुरु भएको ११३९ वर्ष भएको छ ।म्हपूजा र नेपाल संवत् एकै दिन पर्छ । ‘नयाँ संवत् भित्र्याएर म्हपूजा गर्ने चलन चलाइएको छ,’ संस्कृतिविद् सत्यमोहन जोशीले दाबी गरे, ‘नेपाल संवत् ११३९ मात्रै भयो । म्हपूजा ११३९ वर्षदेखि मात्रै गर्न थालिएको होइन । नेपाल संवत्भन्दा अघिदेखि नै म्हपूजा गरिन्थ्यो ।’ शंखधर साख्वालाई नेपाल संवत्को प्रवर्तक मानिन्छ । राष्ट्रिय विभूति साख्वाले काठमाडौं उपत्यकाका गरिब जनतालाई ऋणमुक्त गराएको खुसियायलीमा नेपाल संवत् प्रचलनमा ल्याइएको बताइन्छ ।
राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्



