Uncategorized

नबिल बैंक र नर्भिक अस्पतालबीच सम्झौता

१६ कात्तिक, काठमाडाैं । नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताले नर्भिक अन्तर्राष्ट्रिय अस्पताल तथा चिकित्सा कलेजमा विशेष छुट र सुविधा पाउने गरी नबिल बैंक र नर्भिक अन्तर्राष्ट्रिय अस्पतालबीच सम्झौता भएको छ ।

सम्झौताबमोजिम नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई वार्षिक स्वास्थ्य प्याकेजहरूमा ३० प्रतिशत छुट दिने जनाइएको छ । त्यस्तै, प्याथोलोजी, रेडियोजोली, मेमोग्राम, कार्डियाक नन–इन्भेसिव एक्जामिनेसनलगायत शल्यक्रिया शुल्कमा १० प्रतिशत छुट दिने बैंकले जनाएको छ ।

अस्पताल भर्ना भएर बस्ने बिरामीलाई बेडचार्जमा ५ प्रतिशत छुट दिइने भएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *