Uncategorized

पीपीएलमा आज दुई खेल, धनगढीले पोखरा तथा बुटवलले काठमाडौंसँग खेल्दै

१६ कात्तिक, काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुदै छन् ।

पोखरा रंगशालामा हुने खेलमा पोखरा पल्टनले एक्स्पर्ट धनगढी ब्लुज र बुटवल ब्लास्टर्सले काठमाडौं रोयल्ससँग प्रतिस्पर्धा गर्दै छन् ।

पोखरा पल्टन र एक्स्पर्ट धनगढीबीचको खेल केहीबेरपछि सुरु हुनेछ । शरद भेषवाकरको पोखरा र दिपेन्द्र सिंह ऐरीको धनगढी दुबै टिम जितको खोजिमा हुने छन् ।

पोखरा पल्टन र एक्स्पर्ट धनगढी दुबै टिमको समान ४–४ अंक रहेको छ । तर पोखरा पल्टनले मात्र ३ खेल खेलेको छ भने एक्स्पर्ट धनगढीले ४ खेल खेलेको छ । धनगढीले दुई खेलमा जित र दुई खेलमा हार ब्यहोरेको छ । धनगढीका लागि यो खेल गर या मरको स्थितिमा रहेको छ । आजको खेलमा धनगढीले जिते शीर्ष तीनमा पर्दै प्ले अफमा पुग्ने सम्भावना कायमै रहनेछ । यता, पोखराले धनगढीलाई पराजित गरे प्लेअफमा पुग्ने सम्भावना बलियो रहनेछ ।

त्यस्तै, आज नै बुटवल ब्लास्टर्सले काठमाडौं रोयल्सको सामना गर्दैछ । शीर्ष स्थानमा रहेको बुटवलको पनि यो अन्तिम खेल हो । यसअघि खेलको ४ खेलमध्ये २ खेलमा जित र २ खेलमा हार ब्यहोरेको बुटवलको ४ अंक रहेको छ । यता, लिगको चौथौ स्थानमा रहेको काठमाडौंको पनि समान ४ अंक रहेको छ । तर काठमाडौंले ३ खेल मात्रै खेलेको छ । आजको खेलमा बुटवललाई पराजित गर्दै काठमाडौं प्ले अफमा पुग्ने सम्भावनालाई बलियो बनाउन चाहन्छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *