Uncategorized

केशव स्थापित भन्छन् : ठूलो स्वर हुँदैमा किन राजीनामा दिने ?

१५ कात्तिक, काठमाडौं । प्रदेश ३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेलसँग मन्त्रिपरिषदमै विवाद भएको स्वीकार गरेका छन् । तर, मन्त्री पदबाट भने राजीनामा नदिने उनले बताए ।

मन्त्रीको जिम्मेवारी पूरा नगरेको र पटकपटक आफ्नो अपमान गरेको भन्दै मुख्यमन्त्री पौडेल असन्तुष्ट छन् । उनले विष्टलाई हटाउने सन्दर्भमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग कुराकानी गरिसकेका छन् भने अर्थ तथा योजना मन्त्री कैलाश ढुंगेललाई लिएर बिहीबार काठमाडौं आउँदैछन् ।

मन्त्री स्थापितले भने आफूलाई हटाउने वा राजीनामा दिने दुवै सम्भावना अस्वीकार गरे ।

उनका अनुसार मुख्यमन्त्री पौडेलले कार्यसम्पादन नभएको भन्दै असन्तुष्टि जनाएका छन् । तर, आफूले लक्ष्य भन्दा बढी काम गरिसकेको स्थापितको दाबी छ ।






यो पनि पढ्नुहोस
केशव स्थापितको मन्त्री पद धरापमा, मुख्यमन्त्रीमाथि अभद्र व्यवहार गरेको आरोप


अनलाइनखबरसँग कुरा गर्दै स्थपितले भने, ‘उहाँ मेरो पर्फर्मेन्स भएन भन्नुहुन्छ । मैले त काम गरेकै छु । १३ अर्बको टार्गेट रहेको २० अर्बको कम गरिसकेको छु ।’

मुख्यमन्त्री र आफ्नो काम गर्ने शैली नै फरक रहेको भन्दै उनले भने, मुख्यमन्त्रीज्यू मन्त्रालयमै बसेर काम गर भन्नुहुन्छ । म फिल्डमा जानुपर्छ भन्छु ।’

मन्त्रिपरिषद्को बोल्दा ठूलो स्वरमा बोलेको भनेर समेत प्रश्न गरिएको उनले बताए । काठमाडौंका पूर्वमेयर रहेका रहेको स्थापित भन्छन्, ‘मेरो स्वर पहिलेदेखि नै ठूलो छ । ठूलो स्वर हुँदैमा मन्त्रीबाट राजीनामा दिनुपर्ने पनि हुन्छ ?’

राजधानीको विवाद

मुख्यमन्त्री पौडेल र मन्त्री स्थपितको विवादमा प्रदेश राजधानी पनि एउटा कारण बनेको छ ।

मुख्यमन्त्री पौडेल अस्थायी राजधानी हेटौंडालाई स्थायी राजधानी बनाउन चाहन्छन् । तर, स्थापितले भने काभ्रेलाई स्थायी राजधानी बनाउन लबिङ गर्दैै आएका छन् ।

राजधानीका विषयमा आफ्नो मुख्यमन्त्रीसँग धेरै पटक ‘झगडा’ भएको दाबी गर्दै स्थापित भन्छन्, ‘पार्टी अध्यक्ष केपी ओलीले प्रदेशसभाको अधिकारको विषय आपसमा तनाव नगर्नुस् भनेपछि मैले केही बोलेको छैन ।’

उनले अघि भने, ‘यस्ता झगडा त कति भए कति । तर, मलाई केही मलतब छैन ।’

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *