Uncategorized

‘जिरो’ पोष्टरमा साहरुख, कट्रिना र अनुष्काको यस्तो केमेष्ट्री

बलिउडका सुपरस्टार नायक साहरुख खानको जन्मदिनको अवसर पारेर नोभेम्बर २ मा चलचित्र ‘जिरो’को ट्रेलर रिलिज हुँदैछ । चलचित्रको ट्रेलर रिलिज अगाडि २ पोष्टर सार्वजनिक गरिएको छ ।

२ पोष्टर मध्यरातमा नायक साहरुख खानले ट्विटरमार्फत सार्वजनिक गरेका हुन् । पोष्टर सार्वजनिक भएसँगै यसको अहिले चर्चा चुलिएको छ ।
आनन्द एल रायको निर्देशनमा तयार भएको यो चलचित्र डिसेम्बर २१ तारिखबाट रिलिज हुँदैछ ।

चलचित्रको २ वटा पोष्टरमा साहरुखसँग २ नायिका देखिएका छन् । साहरुख खानसँग अनुष्का शर्मा सफ्ट देखिएकी छिन् भने कट्रिना कैफ निकै हट देखिएकी छिन् । चलचित्रको ट्रेलर हेरेका केही समिक्षकले यसको खुलेरै प्रशंसा पनि गरेका छन् । यो चलचित्रमा साहरुख शारीरिक रुपमा होचो व्यक्तिको भूमिकामा देखिएका छन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *