Uncategorized

बारामा वृद्धको हत्या आरोपमा ४ जना पक्राउ

१३ कात्तिक, बारा । बारामा वृद्धको हत्याको मुख्य योजनाकारसहितका ४ जना पक्राउ पररेका छन् ।

कलैया उपमहानगरपालिका २३ कोइरियाटोलका ६५ वर्षका नन्दलाल राउत कुर्मीको हत्याको मुख्य योजनाकार रहेको आरोपमा प्रहरीले स्थानीय ४५ वर्षका वीरेन्द्र पटेल भन्ने वीरेन्द्रलालप्रसाद जैसवाल, र ५५ वर्षका जोधा भन्ने रामअयोध्या दास तत्मालाई पक्राउ गरेको हो ।

त्यस्तै उक्त घटनामा सहयोगीको भूमिकामा -मतियार) रहेको आरोपमा १९ वर्षका विशाल पटेल र ६५ वर्षका बैजनाथ राउत कुर्मी पक्राउ परेका प्रहरी नायब उपरीक्षक रञ्जित सिंह राठौरले जानकारी दिए । गत कात्तिक १० गते बेलुका ८ बजे नन्दलालको घर नजिकै घाँटी रेटेर हत्या भएको थियो ।

पक्राउ परेका सबैलाई ज्यानसम्बन्धी मुद्दामा अनुसन्धानका लागि प्रहरीले अदालतबाट म्याद थप गरिसकेको छ । जग्गाजमिन प्रशस्त्र रहेको र छोराछोरी पनि नरहेकाले नन्दलालको हत्या पैसाका लागि भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *