Uncategorized

मोदी शिवलिंगमाथि बसेको विच्छीजस्तै : शशी थरुर

११ कात्तिक, नयाँदिल्ली । कांग्रेस नेता शशी थरुरले प्रधानमन्त्री नरेन्द्र मोदीबारे गरेको टिप्पणीले भारतमा विवाद सुुरु भएको छ ।

कांग्रेस नेता थरुरले ‘बेंगलुरु लिटरेचर फेस्ट’ आरएसएसका एक अज्ञात सूत्रलाई हवाला दिँदै भनेका छन्, ‘प्रधानमन्त्री मोदी एक शिवलिंगमा बसेको विच्छीजस्तै हुन्, जसलाई न हातले हटाउन सकिन्छ, न चप्पलले हान्न सकिन्छ ।’

समाचार एजेन्सी एएनआईले शशी थरुरको यो भाषणको क्लिप पनि ट्वीटमा पोष्ट गरेको छ । भिडियोमा उनले भनेका छन्, ‘संघका एक कार्यकर्ताले पत्रकारसँग जे भनेका छन्, म त्यही भन्दैछु । यो निकै सटिक र असाधारण तुलना छ । उनले भनेका थिए कि प्रधानमन्त्री मोदी शिवलिंगमा बसेका बिच्छीजस्तै हुन्, जसलाई न त हातले हटाउन सकिन्छ न चप्पल हान्न सकिन्छ ।’

थरुरको यो टिप्पणीसँगै शिवलिंग ट्वीटर ट्रन्डिङमा आएको छ । भारतीय जनता पार्टीले पनि कडा प्रतिक्रिया दिएको छ । वरिष्ठ नेता एवं केन्द्रीय मन्त्री रविशंकर प्रसादले भने, एकातिर राहुल गान्धी आफैं शिवभक्त भएको दाबी गरिरहेका छन् भने अर्कोतिर उनका एक नेता भगवान शिवको पवित्रतामाथि धावा बोल्दैछन् ।’

थरुरको अभिव्यक्ति चर्चामा आएको यो पहिलो पटक होइन । उनले केही दिनअघि मा चेन्नईमा ‘राम्रा हिन्दू’ अरुको पूजा गर्ने स्थान ध्वस्त पारेर राम मन्दिर बनेको हेर्न चाहँदैनन्’ भनेका थिए । तर, कांग्रेसले उनको यो निजी विचार भएको बतायो ।

उनले केही अघि २०१९ को चुनाव बीजेपीले जिते भारत ‘हिन्दू पाकिस्तान’ बन्ने बताएका थिए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *