[ad_1]

भक्तपुर । चाँगुनारायण नगरपालिकाले नगरकोटमा निर्माण गर्न लागेको ७ तल्ले अत्याधुनिक भ्यू टावर निर्माणको प्रारम्भिक सर्वे सम्बन्धी कार्यको सम्झौता गरेको छ ।
भ्यू टावर निर्माणका लागि आवश्यक आर्थिक, सामाजिक र वातावरणिय अवस्था सम्बन्धी अध्ययन गर्न चाइनाको एजिलिटी इन्टरनेशनल होल्डिङ्ग लिमिटेडसँग नगरपालिकाले सम्झौता गरेको नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्रले जानकारी दिनुभयो ।
सम्झौता अनुसार भ्यू टावर निर्माण गर्ने स्थानको भुवनोट अवस्था, प्राकृतिक स्वरुप, ऐतिहासिक तथा सांस्कृतिक महत्वका बिषयमा समेत सर्वेक्षण गरिने नगर प्रमुख मिश्रले बताउनुभयो । टावर निर्माणको सर्वेक्षण गर्न लाग्ने सम्पूर्ण खर्च चाइनिज कम्पनी एजिलिटीले व्यहोर्ने गरि सम्झौता गरिएको समेत उहाँले जानकारी दिनुभयो ।
नगरपालिकाले चाँगुनारायण–६ नगरकोटको २० रोपनी क्षेत्रफलमा करिव २ अर्व रुपैयाँ लागतमा निर्माण गर्न लागेको स्मार्ट सिष्टमसहितको अत्याधुनिक भ्यू टावरमा हिमाली तथा प्राकृतिक क्षेत्रको दृश्यावलोकनका साथै रिभल्विङ्ग रेष्टुरेष्ट, नेपाली तामाङ्ग संस्कृति तथा अन्य जातजातीको पहिचान झल्कने म्युजियम, विजनेस सेन्टर, स्विमिङ्ग पुलको व्यवस्था हुनेगरि निर्माण गर्ने तयारी भइरहेको नगर प्रमुख मिश्रले जानकारी दिनुभयो ।
[ad_2]
Source link



