सामाजिक संजाल फेसबुकमा विभिन्न ब्यङ्ग्यात्म स्टाटस लेख्न र तस्बिर पोष्ट गर्न हाँस्य कलाकार केदार घिमिरे माहिर छन् । यसैले, उनले लेखेका स्टाटसहरु समय समयमा मिडियामा पनि चर्चित बन्छन् ।
हालै, उनले कुर्सी बोकेको एउटा तस्बिर पोष्ट गरेका छन् । आफू र श्रीमतिले कुर्सी बोकेको तस्बिर राख्दै उनले लेखेको छन्-‘हामी त दशैंभर आफ्नै कुसी बोकेर टिका लगाउन हिडियो । कतै घुँडा टेक्नै परेन ।’
केदारले यो स्टाटस विजयादशमीको दिनमा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट टिका लगाउँन जाँदा कुर्सी नभएर घुँडा टेकेर टिका लगाएका केही उच्च पदस्थ व्यक्तिहरुलाई लक्षित गरी लेखेका हुन् । राष्ट्रपतिको हातबाट टिका थाप्न पुगेका केही सरकारी उच्च पदस्थ व्यक्तिहरुले घुँडा टेकेर टिका थापाको तस्बिर सामाजिक संजालमा भाइरल भएको थियो ।



