Uncategorized

उद्योगमन्त्री यादव र विश्व वौद्धिक सम्पत्ति संगठनका महानिर्देशकबीच भेटवार्ता

७ कात्तिक, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव र विश्व वौद्धिक सम्पत्ति संगठनका महानिर्देशक फ्रान्सिस गुरीबीच भेटवार्ता भएको छ । भेटमा संगठनले नेपाललाई गरिरहेको सहयोगको मन्त्री यादवले प्रशंसा गरेका थिए । साथै वौद्धिक सम्पत्तिलाई संविधानतः मौलिक अधिकारको रुपमा स्थापित गरी वौद्धिक सम्पत्ति संरक्षणप्रति नेपाल गम्भीर रहेको पनि उनले बताएका थिए ।

वौद्धिक सम्पत्ति संरक्षणमा थुप्रै चुनौतिहरु रहेको बताउँदै मन्त्री यादवले वौद्धिक सम्पत्ति सम्बन्धमा आम जनताबीच वृहत जनचेतनाको खाँचो औंल्याए । बौधिक सम्पति सम्बन्धी पुरानो कानून पुनर्विचार गर्दै राष्ट्रिय हित अनुकूल नयाँ ऐनमा काम भइरहेको जानकारी पनि गराएको मन्त्री यादवले बताए ।

भौगोलिक विविधता र प्राज्ञिक क्षेत्रमा भइरहेको खोज अनुसन्धानले वौद्धिक सम्पति विशेष गरी पेटेन्ट र भौगोलिक रुपमा नेपाललाई विश्व मानचित्रमा नयाँ किसिमको पहिचान दिनसक्ने पनि उनले बताए ।

नेपाललाई वौद्धिक सम्पति सम्बन्धित नयाँ कानून , जनतचेतना, जनशक्ति निर्माण र यसका लागि चाहिने एकीकृत कार्यालयका निम्ति प्रविधिक र गैरप्राविधिक सहयोगको खाँचो रहेको मन्त्री यादवले बताएका थिए ।

भेटवार्ताको क्रममा संगठनका महानिर्देशक गुरीले नेपाललाई आवश्यक जुनसुकै सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरेको मन्त्री यादवले जानकारी दिए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *