Uncategorized

वीरगञ्जका पत्रकार धिरज दारुका माथि एसिड आक्रमण

६ कात्तिक, पर्सा । वीरगञ्जबाट प्रकाशित हुँदै आएको बाईपास दैनिकका प्रकाशक एवं प्रवन्ध निर्देशक धिरज दारुका माथि एसिड आक्रमण भएको छ । उनलाई आफ्नै घरसँग जोडिएको छाप्रोमा बस्दै आएकी मनिता सिंह नाम गरेकी महिलाले एसिड आक्रमण गरेकी हुन् । मनितालाई प्रहरीले पक्राउ गरेको छ ।

सामान्य विवादमा मनिताले आफू माथि एसिडले आक्रमण गरेको पत्रकार दारुकाले बताएका छन् । उनको खुट्टामा एसिडले सामान्य असर गरेको छ ।

आक्रमण गर्ने मनितालाई पक्राउ गरेर कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले बताए । ‘ झोलिलो पदार्थले आक्रमण गरिएको छ, बोतल बरामद गरी अनुसन्धानका लागि ल्याएका छौं,’ उनले भने, ‘आवश्यक अनुसन्धान पछि कारबाही पक्रिया अगाडि बढाउँछौं ।’

घटना लगत्तै नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बञ्जाराले विज्ञप्ती जारी गर्दै दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *