Uncategorized

पत्रकार खासोग्जी हत्याको विरोधमा साउदी सरकारलाई पत्रकार महासंघको विरोधपत्र

६ कात्तिक, काठमाडौं । साउदी पत्रकार, लेखक तथा अल वतन दैनिकका पूर्वप्रधानसम्पादक जमाल खासोग्जीको हत्याका विरोधमा नेपाल पत्रकार महासंघले काठमाडौंस्थित साउदी अरेवियाको राजदूतावासमा विरोधपत्र बुझाएको छ ।

महासंघले खासोग्जीको हत्याको घटनाप्रति कडा भत्र्सना गर्दै हत्याको छानवीन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कडा कारबाहीको मागसहित दूतावासमार्फत साउदी सरकारलाई विरोधपत्र बुझाएको हो ।

उनी अक्टोबर २ तारिखमा टर्कीको इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासमा प्रवेश गरेदेखि वेपत्ता भएका थिए । पत्रकार खासोग्जीको महावाणिज्य दूतावासभित्रै हातपातका क्रममा मृत्यु भएको साउदी सरकारले करिव दुई हप्तापछि मात्रै स्वीकार गरेको छ ।






यो पनि पढ्नुहोस
साउदी अरबले भन्यो – पत्रकार खसोग्जीको हत्या गम्भीर त्रुटी, युवराजको हात छैन

पत्रकार खासोग्जीको हत्याको विरोधमा विश्वभर उठेको विरोधका पक्षमा महासंघले पनि ऐक्यवद्धता जनाएको महासचिव रमेश विष्टले विज्ञप्तिमार्फत जनाएका छन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *