५ कात्तिक, डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७५/७६ को तीन महिनामा २१ वटा सवारी दुर्घटनाबाट २५ जनाले ज्यान गुमाएका छन् । साउन महिनामा ४ वटा सवारी दुर्घटनामा परी ३ जनाले ज्यान गुमाएका छन् ।
भदौ महिनामा १४ वटा सवारी दुर्घटनामा ७ जनाको मृत्यु भयो भने असोज महिनामा ११ वटा सवारी दुर्घटनाबाट १५ जनाले ज्यान गुमाएका सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालयका प्रहरी निरीक्षक टेक बहादुर जोराले जानकारी दिए ।
सडकको अवस्था दयनीय हुनु, ट्राफिक नियमप्रति सचेतता नअपनाउनुलगायतका कारणले दुर्घटना बढेको उनको भनाइ छ । आर्थिक वर्ष ७२/७३ मा १ सय ५५ सवारी दुर्घटनाबाट १ सय २१ जनाले ज्यान गुमाएका थिए ।
त्यस्तै आर्थिक वर्ष ७३/७४ मा १ सय ८४ सवारी दुर्घटनाबाट १ सय ३२ जनाले ज्यान गुमाएका थिए । त्यसैगरी आर्थिक बर्ष ७४/७५ मा १ सय ६४ सवारी दुर्घटनाबाट १ सय ६६ जनाले ज्यान गुमाएको सुदुरपपश्चि प्रदेश ट्रफिक कार्यालयको तथ्यांकले देखाएको छ ।



