Uncategorized

कृष्णनगरमा कर्फ्यु कायमै

५ कात्तिक, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा आइतबार साँझदेखि लगाइएको कर्फ्यू सोमबार बिहान पनि कायमै छ ।

दुर्गाको मूर्ति सेलाउने क्रममा हिन्दु र मुस्लिम समुदायबीच विवादका कारण झडप भएपछि कपिलवस्तु प्रशासनले आइतबार साँझ ५ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाएको हो ।

शुक्रबारदेखि कृष्णनगर तनावग्रस्त बनेको थियो । विवाद तीन दिनसम्म पनि साम्य नभएपछि स्थिति नियन्त्रणमा लिन आइतबार साँझ ५ बजेबाट अनिश्चितकालीन कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोख्रेलले जानकारी दिए ।

जिल्ला सुरक्षा समितिको बैठक बसेर सुरक्षा विश्लेषण पछि थप आवश्यक निर्णय गरिने उनले बताए ।

अर्को आदेश नभएसम्म कृष्णनगरदेखि उत्तरमा वडाया पोखरी, पश्चिममा झण्डी नगर शिर्शिहवा चोक, पूर्वमा सेमरा गाउँ, दक्षिणमा नेपाल-भारत दशगजा क्षेत्रमा कर्फ्यु लगाएको प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोख्रेलले बताए ।

कर्फ्यु लगाइएको समयमा कृष्णनगर बजारमा समूह बनाएर हिँडडुल गर्न, जम्मा हुन, शान्ति सुरक्षालाई खलल हुने कुनै पनि कार्य गर्न रोक लगाइएको छ ।

तीन दिनदेखि रोकिएको मूर्ति विसर्जन कार्य कडा सुरक्षाका साथ आइतबार साँझ गरिएको थियो ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *