Uncategorized

इन्जुरी टाइमको गोलसँगै ब्राजिलले अर्जेन्टिनालाई हरायो

काठमाडौं । मिरान्डाको इन्जुरी टाइमको गोलको मदतमा ब्रजिलले चिरप्रतिद्वन्द्वी अर्जेन्टिनालाई हराएको छ र चार देशको मैत्रिपूर्ण प्रतियोगिताको उपाधि जितेको छ ।

साउदी अरबमा भएको खेलमा ब्राजिलले लिओनल मेस्सी विनाको अर्जेन्टिनालाई १–० गोल अन्तरले हराएको हो । ब्राजिलको जितमा इन्जुरी टाइममा मिरान्डाले गोल गरे ।

किङ्ग अबदुल्ला स्पोट्र्स स्टेडियममा नेइमार, काउटिन्हो, रोबर्टो फिर्मिनोले गोल गर्न नसकिरहेका बेला उनले गोल गरेका थिए । अर्जेन्टिनी टोलीमा भने मेस्सीका साथै सर्जिओ एग्युरो, गोन्जालो हिगुइन र एन्जल डि मारिया पनि थिएनन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *