Uncategorized

कांग्रेस चियापान कार्यक्रम कात्तिक १६ मा

२९ असोज, काठमाडौं । नेपाली कांग्रेसले कात्तिक १६ गते चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।

बडादशैँ, दीपावली, नेपाल संवत्, छठलगायत चाडपर्वको अवसर पारेर कांग्रेसले चियापान गर्न लागेको हो ।

अघिल्ला वर्षहरुमा कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन यस्तो चियापान कार्यक्रम आयोजना गर्ने गरेको भए पनि पार्टी नेता चक्रप्रसाद बास्तोलाको निधन भएपछि पूर्वनिर्धारित कार्यक्रम पछि सारिएको कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *