Uncategorized

ग्लोबल आइएमई बैंकको मिसकल बैंकिङ सेवा

२६ भदौ, काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्धेश्यले मिसकल बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । जसअन्र्तगत ग्राहकहरुले बैंकले उपलब्ध गराएका बिभिन्न मोवाईल नम्बरहरुमा मिसकल दिएर आफ्नो खाताको बारेमा जानकारी लिन सक्नेछन् ।

ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ्ग सेवा ग्लोबल स्मार्टमा आवद्ध बैंकका ग्राहकहरुले उपभोग गर्न मिल्ने यो सेवा अन्र्तगत ग्राहकहरुले आफ्नो खातामा रहेको मौज्दात रकमको बारेमा जानकारी लिन ९८०१२३१२९४ नम्बरमा, खाताको पछिल्लो ३ वटा कारोबारको जानकारी लिन ९८०१२३१२९५ नम्बरमा, आफ्नो मोबाइलमा १०० टपअप गर्न ९८०१२३१२९६ नम्बरमा, क्रेडिट कार्डको पछिल्लो ३ वटा कारोबारको जानकारी लिन ९८०१२३१२९७ नम्बरमा, आफुले बैंकमा बुझाउनुपर्ने कर्जाको किस्ता रकमको बारेमा जानकारी लिन ९८०१२३१२९८ नम्बरमा र बैंकले प्रदान गर्ने बिभिन्न कर्जाहरुको बारेमा जानकारी लिन ९८०१२३१२९९ नम्बरमा मिसकल दिन सकिनेछ ।

ग्राहकहरुले माथि उल्लेखित फोन नम्बरहरुमा डायल गरेपछि उक्त नम्बरहरुमा १ घण्टी जाने र आफँै फोन काटिने छ, त्यसपश्चात बैंकले ग्राहकले बुझ्न चाहेको जानकारी मोबाइलमा म्यासेज मार्फत पठाउनेछ ।

ग्लोबल आइएमई बैंक अत्याधुनिक प्रविधिलाई आत्मसाथ गर्दैै जाने क्रममा यसअघि अत्याधुनिक मोबाइल बैंकिङ्ग सेवा ग्लोबल स्मार्ट, भाईवर बैंकिङ्ग, अंग्रेजी तथा नेपाली भाषामा इन्टरनेट बैैंकिङ्ग सुबिधा, अनलाईन मार्फत घर मै अथवा जहाँँकहीं बसेर बैंक खाता खोल्न सकिने लगायतका सुबिधाहरु आफ्ना ग्राहकमाझ ल्याईसकेको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *