[ad_1]

बुटवल । बुटवलस्थित शिवनगर जंगलमा १६ वर्षीया किशोरी सामुहिक बलात्कारको शिकार भएकी छन् । देवदह नगरपालिका वडा नं. १० स्थित चरंगेमा मंगलबार बेलुका ८ बजेको समयमा बलात्कार भएको हो ।
बलात्कारको आरोपमा २ जना पक्राउ परेका छन् ।पीडित किशोरीको जाहेरीको आधारमा देवदह नगरपालिका–१० का ३५ वर्षीय उदय थापा र बुटवल उपमहानगरपालिका–७ का २६ वर्षीय कृष्ण थापालाई प्रहरी पक्राउ गरेको हो ।
बुटवलमा चलिरहेको मेला घुमेपछि नजिकै रहेको शिवनगर जंगलमा मोटरसाइकलमा पुर्याएर सामुहिक बलात्कार गरेको पीडित किशोरीको जाहेरी छ ।
घटनास्थलबाट ४ थान कण्डम, फुटेका चुरा समेत बरादम भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक हृदय थापाले बताए ।
घटनामा अन्यको पनि संलग्नता हुनसक्ने इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक डिलबहादुर मल्लले बताए ।
[ad_2]
Source link



