चाडबाडमा छोरो नआउँदा दुखी नहुनुस है आमा |
घर अगाडिको चौतारिमा बसी बर्बर आशु नझार्नुस है आमा ||
मेरा दमलिहरु गाउमै देख्दा सम्झी कती रोउलि |
छोरो आउछ पक्कै आश नमार्नुस है आमा ||
साहुको कर्जा नतिरी घर आउनै सकिन |
यो पटक मेरो लागि कुनै भाकल नगर्नुस है आमा ||
साथीसंगी पिङ्ग हाले होला घर अघिको बरमा |
मलाई सम्झी पछ्यौरी ले आशु नपुच्नुस है आमा ||
चुहियको खरको छानो फाल्ने गरि आउछु |
पारिवारिक चिन्ताले मन नभर्नुस है आमा ||
औषधी गर्नु अलिकति पैसा पठाछु चिन्ता लिनु पर्दैन मेरो |
स्वास्थ्य को ख्याल अनि मुख पनि बार्नुस है आमा ||



