Uncategorized

थापा एआईजी, घिमिरे र गुरुङ एसएसपीमा बढुवा सिफारिस

२४ असोज, काठमाडौं । नेपाल प्रहरीले प्राविधिकतर्फ तीन जना वरिष्ठ प्रहरी अधिकृतलाई बढुवा सिफारिस गरेको छ । एक जनालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र दुई जनालाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिस समितिको बैठकले प्रहरी अस्पतालमा कार्यरत डा. दुर्गा थापालाई अतिरिक्त महानिरीक्षकमा बढुवा सिफारिस गरेको हो ।

त्यसैगरी इन्जिनियरिङ उपसमूह सूचना प्रविधि कम्प्युटरतर्फ नविन्द घिमिरेलाई एसएसपीमा बढुवा सिफारिस गरेको छ । उनी प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान व्युरो प्राविधिक सहयोग शाखामा कार्यरत छन् ।

त्यसैगरी केनाइन उपसमूहतर्फ डा. देउती गुरुङ बढुवा भएकी छन् । उनी केन्द्रीय प्रहरी कुकुर तालिम केन्द्रमा कार्यरत छिन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *