Uncategorized

समृद्धिको महत्वपूर्ण आधार पर्यटनः मुख्यमन्त्री पौडेल

२४ असोज, हेटौंडा । प्रदेश-३ का मुख्यमन्त्री डोरमणि पौडेलले समृद्धिको सबैभन्दा महत्वपूर्ण पक्ष पर्यटन क्षेत्र भएको बताएका छन् ।

मकवानपुरको उत्तरी क्षेत्रको टिष्टुङमा पहिलो पटक आयोजित टिष्टुङ महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले पर्यटनमार्फत् प्रशस्त रोजगारी सिर्जना गर्न सकिने बताए ।

सरकारको मुख्य लक्ष्य समृद्धि हासिल भएको बताउँदै उनले समृद्ध नेपाल र प्रदेश निर्माणका लागि पर्यटन क्षेत्रको अत्याधिक विकास र प्रबर्द्धन हुनु जरुरी रहेको बताए ।

पर्यटन क्षेत्रको प्रशस्त सम्भावना ग्रामीण क्षेत्रमा रहेको जिकिर गर्दै उनले गाउँहरुमा व्यवस्थित रुपमा होमस्टे सञ्चालन गर्नुपर्ने बताए ।

पर्यटन क्षेत्रको विकासमा प्रदेश सरकार लागि परेको भन्दै उनले पर्यटन क्षेत्रको विकासका लागि मेला, महोत्सवले भूमिका खेल्ने बताए ।

मेला, महोत्सवमा गाउँघरका उत्पादनलाई प्रदर्शन र बिक्री गर्नुपर्नेमा जोड दिदै समृद्धि हासिल गर्न त्यस्ता कार्यले सघाउ पुग्ने बताए ।

शनिवारसम्म संचालन हुने मेलाको उदघाटन समारोहअघि गोपाली समुदायले लाखे नाचलगायत विभिन्न किसिमका झाँकी प्रदर्शन गरेका थिए ।

ऐतिहासिक टिष्टुङको वारेमा जानकारी दिने उद्देश्यले लेखिएको पुस्तकको विमोचन गरिएको थियो ।

राष्ट्रयसभा सदस्य रामनारायण विडारीले ऐतिहासिक स्थानको विकास गर्नुपर्ने बताए । पर्यटन क्षेत्रको विकासमा लगानी वृद्धि गर्नुपर्ने बताउँदै उनले ऐतिहासिक स्थानको पुनः नामाङ्करण गर्नुपर्नेमा जोड दिए।

प्रतिनिधी सभाका सांसद विरोध खतिवडा देशको विविध मौलिक भाषा, धर्म, संस्कृति जोगाउनुपर्ने बताउँदै थाहै नपाइ लोप हुन सक्नेमा चेतावनी दिए ।

मेला, महोत्सवले मौलिक पहिचान संरक्षण र प्रबर्द्धनमा भूमिका खेल्नुपर्नेमा जोड दिदै उनले पर्यटकीय क्षेत्रको विकासमा सरकारले ध्यान दिनुपर्ने बताए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *