Uncategorized

सेयर बजार स्थिर, २२ करोडमा रोकियो कारोबार

२४ असोज, काठमाडौं । बुधबार सेयर बजार स्थिर देखिएको छ । सेयर बजार हरियाली देखिए पनि १ अंकको समेत वृद्धि हुन सकेन । बुधबार दिनभरमा ०.०३ प्रतिशत अर्थात शुन्य दशमलव ४० अंकले नेप्से परिसूचक उकालो लागेको हो ।

नेप्से परिसूचकमा ०.४० अंकको वृद्धि देखिए पनि कारोबार रकम भने अघिल्लो कारोबारको तुलनामा ओरालो लागेको छ । ४ हजार ५ सय ३२ कारोबारबाट दिनभरमा १ सय ६२ कम्पनीको ८ लाख ५६ हजार १ सय ८७ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम २२ करोड ६५ लाख २४ हजार ६ सय ४७ रुपैयाँमा रोकिएको छ । ययस अघिको कारोबार मंगलबार भने ३४ करोड ३२ लाख ९४ हजार ४ सय ३० रुपैयाँको सेयर कारोबार भएको थियो ।

बुधबार सबैभन्दा बढी कारोबार सानिमा माई हाइड्रोपावर लिमिटेडको भएको छ । सानिमाको ३ करोड ४२ लाख ३० हजार ५१९ रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *