Uncategorized

आयुष्मान र प्रियंकाको ‘राधा २’ बन्यो ‘प्रेमदिवस’

योगेश घिमिरेले निर्देशन गर्न लागेको नयाँ चलचित्रको नाम ‘प्रेमदिवस’ राखिएको छ । यो चलचित्रको आज काठमाण्डौको मैतिदेवी मन्दिरमा पूजा गर्दै शुभसाइत गरिएको छ । चलचित्रको शुभसाइत समारोहमा निर्देशक योगेश घिमिरे, निर्माता संजय न्यौपाने, नव-कलाकार विशाल खरेल, पटकथा तथा लेखक प्रदिप भारद्धाजको उपस्थिती थियो ।

कात्तिक ८ गतेबाट यो चलचित्रको छायांकन सुरु हुँदैछ । चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, विशाल खरेल लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । चलचित्रमा बसन्त सापकोटा, दीपक शर्मा र महाराजा थापाको संगीत, हरि लामाको छायांकन रहनेछ । सांगीतिक लभ स्टोरी कथामा यो चलचित्र निर्माण हुँदैछ । चलचित्रको नाम ‘राधा २’ राख्ने चर्चा थियो । तर, छायांकन अगाडि यसको नाम परिवर्तन गरिएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *