Uncategorized

स्वदेश फर्कंदै गरेकालाई मुख्यमन्त्री भट्टले सोधे– सीमामा दुःख पाउनु भयो कि ?

२४ असोज, डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बुधबार बिहानै गौरीफन्टा सीमा नाकाको अनुगमन गरेका छन् ।

चाडपर्व मनाउन भारतबाट स्वदेश फर्किरहेका नेपालीहरु नाकामा ठगिने गरेको गुनासो बढेपछि मुख्यमन्त्री भट्ट आफैं नाकाको अनुगमनमा गएका हुन् ।

मुख्यमन्त्री भट्टले नाकामा स्वदेश फर्किरहेका नेपालीहरुसँग समेत भेटघाट गरेका छन् । घर फर्किंदा सीमामा हुने झन्झटको विषयमा पनि भट्टले नेपालीहरुसंग कुराकानी गरेका छन् ।

सीमा नाकामा नेपालीको आवागमन सहज बनाउन मुख्यमन्त्री भट्टले सीमा अनुगमन गरेको उनका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए ।

सीमामा नेपालीको आवागमन सहज पार्न कैलाली प्रशासनले पनि विशेष सतर्कता अपनाएको छ । प्रहरीले सीमा क्षेत्रमा हेल्प डेस्कको पनि स्थापना गरेको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *