Uncategorized

वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्ट खेलमा भारतको खराब सुरुवात

१८ असोज, काठमाडौं । वेष्ट इन्डिजसँगको पहिलो टेष्ट क्रिकेट खेलमा भारतले खराब सुरुवात गरेको छ ।

सौराष्ट्र क्रिकेट एसोसिएसन रंगशालामा आजदेखि सुरु भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले पहिलो ओभरमै विकेट गुमाएको हो । पहिलो ओभरको अन्तिम बलमा चेतेश्वर पुजरा शुन्य रनमै आउट भए । ३ रन हुदा पहिलो विकेट गुमाएको भारत सम्हालिएर खेलिरहेको छ ।

भारतका लागि पृथ्वी शावले टेष्ट क्रिकेटमा डेब्यु गरेका छन् ।

भारत र वेष्ट इन्डिजबीच २ खेलको टेष्ट क्रिकेट सिरिज हुनेछ । त्यसपछि भारत र वेष्ट इन्डिजले ५ खेलको एक दिवसीय क्रिकेट सिरिज खेल्ने छ । त्यस्तै, ३ खेलको टि–ट्वान्टी क्रिकेट सिरिज खेल्दै वेष्ट इन्डिजले भारत बसाई टुंग्याउँनेछ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *