Uncategorized

रोकिएन विमानस्थलबाट सुन तस्करी, एक भारतीय नागरिक पक्राउ

१६ असोज, काठमाडौं । प्रहरीले अवैध सुन २ सय ७ ग्रामसहित एक भारतीय नागरिकलार्इ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा थार्इ एयरको टिजी ३१९ को उडानद्वारा बैंककबाट काठमाडौं आएका भारतीय नागरिक विडेश भुनिया छन् ।

उनीबाट बरामद सुनको बजार मूल्य करिब १० लाख २५ हजार रुपैयाँ बराबर छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको आगमन गेटमा प्रहरी चेकिङ एरियाबाट उनलार्इ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनलार्इ चेक गर्दा लुकाइछिपाइ राखेको अवस्थामा औंठी २ थान, साँचो २ थान, गोलाकार आकारको रिङ ३ थान र सिक्री २ थान बरामद भएको हो ।

थप अनुसन्धान र कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पठाइएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *