Uncategorized

हेटौंडाका मेयरको गुनासो : प्रदेशको करले स्थानीय तहलाई तनाव

१२ असोज, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले प्रदेश सरकारले लगाएको करले स्थानीय तह समस्यामा परेको बताएका छन् ।

तत्कालिन जिल्ला विकास समितिले उठाउँदै आएको गिट्टी बालुवा कर प्रदेश सरकारको लागि उपमहानगरपालिकाले उठाउँदा धेरै जनगुनासो आएको भन्दै प्रदेश सरकारले विचार गर्नुपर्ने बताएका हुन् । ‘बिना कारण जनप्रतिनीधिलाई तनाव भयो’ उनले भने उपमहानगरको बिल र कर्मचारी प्रयोग हुन्छन् हिजो मत दिएका जनता उपमहानगरले कर बढाएको भन्दै गुनासो लिएर आउँछन् ।’

उनले अगाडि भने ‘प्रदेश सरकारका लागि उठाइएको करले उपमहानगरलाई अनावश्यक प्रेसर भयो ।’

एक ट्रयाक्टर बालुवाको कर ३ सय रुपैयाँबाट १ हजार १७ रुपैयाँ पुर्‍याएको भन्दै महतले प्रदेश सरकारले यसमा पुनरावलोकन गर्नुपर्ने बताए । उठेको करमा ६० प्रतिशत उपमहानगर र ४० प्रतिशत प्रदेश सरकारको लागि जाने बताइएको छ ।

मेयर महतले उपमहानगरलाई समृद्ध बनाउने र जनतालाई विकासको अनुभूति दिलाउने गरी काम गरिरहेको बताए । उनले भने ‘शहरको सडकलाई चिल्लो र फराकिलो बनाउँनेसँगै फुलैफुलको शहर बनाउनका लागि उपमहानगरलागि रहेको मेयर महतले जानकारी दिए ।’

आयमा १ सय ९ प्रतिशत प्रगति

उपमहानगरपालिकाले कर असुलिका १ सय ९ प्रतिशत प्रगति गरेको छ । आर्थिक बर्ष २०७४/०७५ मा उपमहानगरले करबाट १ अर्ब ३० करोड २१ लाख ७८ हजार रुपैयाँ आय आर्जन गर्ने लक्ष्य राखेकोमा १ अर्ब ४२ करोड ९५ लाख ९४ हजार रुपैयाँ आय भएको हो ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *