Uncategorized

गाडी भाडा वृद्धि विरुद्ध सत्तारूढ दलकै भातृ संगठन आन्दोलनमा

११ असोज, काठमाडौं । सरकारले सार्वजनिक यातायातका साधनको भाडा वृद्धि गरेको विरोधमा सत्तारुढ नेकपाकै भातृ संगठन आन्दोलनमा उत्रिएको छ । पूर्व माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले नयाँ बानेश्वरस्थित यातायात ब्यवस्था विभागको कार्यालय अगाडि बुधबार २ घण्टा धर्ना तथा घेराउ गरेको हो ।

घेराउपछि अखिल क्रान्तिकारीका नेताहरुले यातायात ब्यवस्था विभागका महानिर्देशक लावन्नेप्रसाद ढकाललाई भाडा वृद्धि फिर्ताको मागसहित ज्ञापनपत्र पनि बुझाएको क्रान्तिकारीका सचिव पवन कार्कीले बताए।

अखिल क्रान्तिकारीको ३ नम्बर प्रदेश समितिको आयोजनामा भएको प्रदर्शनमा केन्द्रीय उपाध्यक्ष विजय गौतम र सचिव पवन कार्कीले भाडावृद्धि फिर्ता नभएसम्म आन्दोलन नरोकिने बताए।

यातायात व्यवसायी समितिसँगको सहमतिअनुसार सरकारले हालै सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाएको छ । भाडा वृद्धिसँगै महंगीसमेत बढेको भन्दै सरकारको आलोचना भइरहेको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *