Banner News

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदीले सल्लाहकार घर्तिलाइ बिदाइ गर्यो

असोज ७, साउदी । अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रिय सदस्य तथा साउदीका सल्लाकार तिलक राज घर्ति मगरलाइ छेत्रीय कमिटि रियादको एक कार्यक्रमका बीच अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदीले बिदाइ गरेको छ ।

घर्ति मगर साउदीको बसाइँलाई बिट मार्दै स्वदेश फर्किने भएपछी शुक्रबार संस्थागत बिदाई भएको महासचिव चन्द्र प्रकाश पुनले बताए ।

सल्लाहकार घर्ति मगरले सस्थामा गरेको योगदानको उच्च कदर गर्दै सस्थाको तर्फबाट महासचिव चन्द्र प्रकास पुन र उपाध्यक्ष राजन खड्काले खादा ओढाई सम्मान गर्दै कदरपत्र हस्तातरण गरेका थिए ।

घर्ति मगरले आफु स्वदेश गए पनि समृद्ध रोल्पा निर्माण अभियानमा आफु बिश्वको जुन सुकै कुना रहेर पनि संस्थामा रही रोल्पाको लागि योगदान दिने बताए ।

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदीका संयोजक नरेन्द्र घर्तिले तिलक राज घर्तिमगरले साउदी संस्थालाई दिएको साथ र योगदानको सम्मान गर्दै, उनको योगदानबाट पाठ सिकी अझ लगनसिल भएर लाग्नु पर्ने संदेश दिए । साथै तिलक राज घर्तिको स्वदेश यात्राको सफलताको कामना समेत दिएका थिए ।

संस्थाका छेत्रीय कमिटि रियादका संयोजक क्षितिज मगरको सभापति रहेको कार्यकममा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदीका महासचिव चन्द्र प्रकास पुनको प्रमुख आथित्यता रहेको थियो भने विशेष अथितीमा साउदी संस्थाका उपाध्यक्ष राजन खड्का रहेका थिए ।

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदीका महासचिव चन्द्र प्रकास पुन, उपाध्यक्ष राजन खड्का, क्षेत्रीय कमिटि रियादका संयोजक छितिज मगर, क्षेत्रीय कमिटि रियादका कोषअध्यक्ष आयुस राना र छेत्रीय कमिटि रियादका सल्लहाकार दिपक बिसी आदिको सहभागीता रहेको कार्यक्रमलाइ आयुस रानाले सन्चालन गरेका थिए ।

Source link

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *