Uncategorized

हिन्दु धर्मबारे जनमत संग्रह गर्नुपर्छ : महामन्त्री कोइराला

७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले हिन्दु धर्मबारे जनमत संग्रह गर्नुपर्ने अडान दोहोर्‍याएका छन् । यद्यपि अहिले नै नभई राजनीतिक स्थिरता कायम भएपछि जनमत संग्रह गर्नुपर्ने उनले बताए ।

शुक्रबार काठमाडौंमा आयोजित ‘शिव लीला’ भजन संग्रह उद्घाटन कार्यक्रममा महामन्त्री कोइरालाले भने, ‘ आउँदो दिनमा राजनीतिक स्थिरता भएपछि धर्मनिरपेक्षता राख्ने कि हिन्दु धर्म भनेर जनमत संग्रह हुनुपर्छ ।’

हिन्दु धर्म जस्तो स्वतन्त्र अरु धर्म नभएको उनको दाबी छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *