Uncategorized

सेयर बजार घट्नुको कारण: नगद लाभांश र तरलता समस्या !

६ मंसिर, काठमाडौं । साताको पहिलो दिन आइतबार ओरालो लागेको सेयर बजार साताको अन्तिम दिन बिहीबार पनि घटेरै बन्द भएको छ । तर, यस बिचको कारोबारहरु समेत बढ्न भने सकेका छैनन् ।

बुधबार शून्य दशमलव ८० अंकले हरियो देखिएको सेयर बजारले लगानीकर्तालाई केही आशा जगाएको थियो । बिहीबार पनि घटेरै बन्द भए पछि लगानीकर्ताहरु निराश भएका छन् ।

तिहार बिदा हुनु अघि तामझामका साथ अर्थमन्त्रीले उद्घाटन गरेको पूर्ण स्वाचालित अनलाइन कारोबार प्रणाली पछिका अधिकांश दिन सेयर बजार राताम्मे नै बनेका छन् ।

धेरैले अनलाइन कारोबारमा देखिएको समस्याका कारण नै सेयर बजार निरन्तर ओरालो लागेको बताउने गरेका छन् । नेपाल पुँजी बजार लगानीकर्ता संघले त नेपाल स्टक एक्सचेञ्जलाई सेयर बजार सुधार नएर घेराउ गर्ने चेतावनी नै दिइसकेको छ ।

अनलाइन प्रणाली कै कारण सेयर बजार ओरालो लागेको हो त ? यो प्रश्नमा सेयर लगानीकर्ताहरुको संगठन नेपाल इन्भेष्टर फोरमका अध्यक्ष अम्बिका प्रसाद पौडेल भन्छन्, ‘अनलाइनले कारोबार घटायो भन्ने कुरै होइन, अनलाइन शुरु भएर सेयर बजार ओरालो लाग्छ भन्नु गलत हो ।’

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा देखिएको लगानी योग्य पुँजीको अभावका कारण पनि सेयर बजारमा नकरात्मक असर परेको अध्यक्ष पौडेलले बताए । उनले सेयर बजार ओरालो लाग्नुको वर्तमान ४ वटा कारणहरु समेत औल्याएका छन् ।

‘अहिले अनलाइनले टोटल्ली फङ्सनीङको काम गरेको छैन अर्को कुरा बैंकहरुले कमिन्टमेन्ट गरेको पैसा पनि दिन सकेका छैनन’ उनले थपेे, ‘नेपाल बैंकको सेयरमा अर्बौ हालेर लगानी गरे, त्यो सेयर अझै आएको छैन र ठूला बैंकहरुले धमाधम नगद लाभांश घोषणा गर्दैछन जसको प्रभाव सेयर बजारमा परेको छ ।’

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *