Uncategorized

सेयर बजार नसुधारिए नेप्से घेर्ने संघको चेतावनी

५ मंसिर, काठमाडौं । बहुप्रतिक्षित अनलाइन कारोबार प्रणाली शुरु भए पछि निरन्तर सेयर बजार ओरालो लागेको भन्दै नेपाल पूँजी बजार लगानीकर्ता संघले आपत्ति जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारको इतिहासमा अनलाइन प्रणाली शुरु भए पछि ६५ प्रतिशतसम्म सेयर बजार बढ्ने गरेको तर, नेपालमा यो प्रणाली शुचारु भए पछि निरन्तर ओरालो लागेको भन्दै संघले आपत्ति जनाएको हो ।

अनलाइन ट्रेडिङमा देखिएको समस्याले सेयर बजारमा नकरात्मक असर परेको संघकी अध्यक्ष राधा पोखरेलले बताइन् ।

‘अनलाइन ट्रेडिङमा देखिएको समस्या तत्काल सुधार गर्न हामीले नेप्सेका सीईओलाई अनुरोध गरेका छौं’ अध्यक्ष पोखरेलले भनिन्, ‘२ दिनभित्र पनि केहि सुधार भएन भने हामी नेप्से घेर्न बाध्य हुनेछौं ।’

अनलाइन प्रणाली शुरु भएको १५ दिनसम्म पनि सुधार नभएको भन्दै उनले अनलाइन प्रणालीलाई असफल बनाउन यो सुधार नगरिएको हुन सक्ने आशंका गरिन् ।

अध्यक्ष पोखरेलको नेतृत्वमा संघले मंगलबार नै नेप्सेका सीईओ साउदलाई समस्याहरु तत्काल सुधार गर्न ज्ञापन पत्र समेत बुझाएको थियो ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *