Uncategorized

सरकारबिरुद्ध डटेर लड्ने बेला आयोः शेरबहादुर देउवा

४ मंसिर, विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकारबिरुद्ध डटेर लड्ने बेला आएको बताएका छन् ।

सरकार अधिनायकवाद उन्मुख भएको भन्दै सभापति देउवाले भने, ‘कम्युनिस्टहरुको वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको छ,देशलाई अधिनायकवादको चगुलबाट मुक्त गर्न सशक्त प्रतीकार गर्नु छ, त्यसको नेतृत्व अव नेपाली कांग्रेसले गर्नेछ ।’

महासमितिको बैठकका लागि प्रस्तुत हुने राजनीतिक प्रस्तावको मस्यौदा सुझाव संकलन कार्यक्रमको मंगलबार विराटनगरमा उद्घाटन गर्दै सभापति देउवाले सरकारले न्यायालयमा हस्तक्षेप गरेको र अबका दिनमा प्रहरी, सेनामा समेत हस्तक्षेप गर्ने योजनामा रहेको दावी गरे ।

पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले कम्युनिस्टको सरकारबाट देशलाई मुक्त गर्न नेपाली कांग्रेस एकजुट हुन आवश्यक रहेको दोहोर्‍याएका छन् ।

प्रशंग बदल्दै सभापति देउवाले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारालाई सरकारले नै लुकाउन चाहेकाले पत्ता नलागेको आरोप लगाए ।

निर्मला पन्त हत्याको दोषीलाई कारबाहीको माग गर्दै देशैभरबाट आवाज उठिरहँदा पनि सरकार किन कारबाही गर्न सक्दैन भन्दै सभापति देउवाले प्रश्न समेत गरे ।

अन्तरघात गर्नेलाई कारबाही

अन्तरघातबाट पार्टीलार्य मुक्त बनाउन भन्दै सभापति देउवाले अनतरघातीहरुलाई कारबाही गर्ने चेतावनी समेत दिएका छन् । ‘पार्टीभित्र सबैलाई अनुशाशित बनाउनु पर्छ, त्यसका लागि पार्टीभित्र अन्तरघात गर्नेलाई कार्वाही गर्नु पर्छ ।’ उनले प्रस्ट पारे ।

विगतको कमजोरीबाट पाठ सिक्दै अन्तरघातबाट पार्टीलाई मुक्त बनाउनु पर्नेमा उनले जोड दिएका छन् । पार्टी भित्रको अन्तरघातका कारण गएको चुनावमा पार्टी पराजित भएको उनको भनाइ छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *