Uncategorized

मन्दिर निर्माणको रकममा पनि भ्रष्टाचार, ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२ मंसिर, काठमाडौं । धनुषामा मन्दिर निर्माणका लागि आएको रकम कामै नगरी भुक्तानी लिने तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

धनुषाको चक्रघट्टा २ को रामजानकी मन्दिर कम्पाउण्ड उपभोक्ता समितिका अध्यक्ष ओमप्रकाश यादव, ब्रम्हस्थान ब्रम्हवाको कम्पाउण्ड वाल निर्माण उपभोक्ता समितिका अध्यक्ष अजकुमार यादव र पर्यटन कार्यालय जनकपुरमा ओभरसियर अनिरुद्र मण्डलले कामै नगरी रकम खर्च भएको देखाई भ्रष्टाचार गरेको अख्तियारले बताएको छ ।

अख्तियारले ओमप्रकाशविरुद्ध १ लाख ३५ हजार २ सय ३९, अजयविरुद्ध १ लाख ३१ हजार ३ सय ६५ रुपैयाँ र  अनिरुद्रविरुद्ध २ लाख ६६ हजार ५ सय ९५ रुपैयाँ विगो दावी गरेको छ । विदेह मिथिला क्षेत्र पर्यटन प्रवर्द्धन समिति जनकपुरमा दीपेन्द्रकुमार यादव अध्यक्ष भएका बेला रातो किताबमा उल्लेखित बजेटअनुसार काम नगरी आफू अनुकुल उपभोक्ता समिति निर्माण गरी निर्माण नै नगरी बिल भौचर बनाइ ठूलो रकम भ्रष्टाचार गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धानका क्रममा साविक बेल्ही गाविस २ (हाल चक्रघट्टा गाउँपालिका २ ) मा पर्ने रामजानकी मन्दिरको कम्पाउण्डवाल निर्माण र ब्रम्हस्थान ब्रम्हवाको मन्दिर कम्पाउण्ड वाल निर्माणको कामै नगरी पर्यटन कार्यालय जनकपुरबाट रकम भुक्तानी लिएर सरकारी रकम हिनामिना गरेको पाइएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताएका छन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *